शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आफ्नो गीत गाएर चर्चामा आएकी रानूलाई लता मंगेशकरले भनिन्, 'अरुको नक्कल गरेर सफलता मिल्दैन’

शनिबार, २१ भदौ २०७६, १० : २२
शनिबार, २१ भदौ २०७६

रेलवे स्टेशनमा गीत गाएर चर्चामा आएकी रानू मण्डल पछिल्लो समय बलिउडको मसला बनेकी छिन् । 

रेलवे स्टेशनमा उनले गाएको गीत सामाजिक सञ्जालमा भाइरल भएपछि उनलाई सलमान खानदेखि गायक हिमेशसम्म धेरैले उनको तारिफ गर्दै विभिन्न सहयोग गरेका छन् । भने उनले तीनवटा गीत बलिउडका लागि गाइपनि सकेकी छिन् । 

उनले रेलवे स्टेशनमा स्वरकी धनि लता मंगेशकरको गीत ‘एक प्यारका नगमा है..’ बोलको गीत गाएर अचानक सफलता हात पारेकी थिइन् ।

यसैबीच, गायिका मंगेशकरले उनको बारेमा बोल्दै अरुको नक्कल गरेर मानिसको ध्यान मात्र खिच्न सकिने तर सफलता हात पार्न नसक्ने भन्दै रानूलाई आफ्नै शैली विकास गर्न सुझाव दिएकी छिन् । 

उनले भनिन्, ‘यदि मेरो नाम र कामले कसैको भलो हुन्छ भने त्यो मेरो भाग्य हो । तर मलाई लाग्छ कसैको नक्कल गरेर तपाईं लामो समयसम्म सफल हुन सक्नुहुन्न । मेरो गीत वा किशोर कुमार, रफी साहब वा मुकेश भाईका गीत गाएर उम्रिएका गायक/गायिकाले केहि समय ध्यान तान्न त सक्छन् तर सफल हुन सक्दैनन् ।’

उनले भने, ‘तपाईं मेरो वा मेरा साथीहरुको गीत गाउँन चाहानुहुन्छ भने गाउनुहोस् । तर तपाईंले आफ्नै शैली विकास गर्नुपर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप