शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सञ्जय दत्त भन्छन्– बुबाको जीवनबारे फिल्म बनाउँछु, उनको जीवन यात्रा एकदमै शानदार थियो

शनिबार, २१ भदौ २०७६, १२ : ०६
शनिबार, २१ भदौ २०७६

बलिउड अभिनेता सञ्जय दत्तले आफ्नो बुबा सुनील दत्तको जीवनमा आधारित फिल्म बनाउने योजना सुनाएका छन् । आगामी फिल्म ‘प्रस्थानम’को ‘टाइटल ट्रयाक’ प्रक्षेपण गर्न जयपुर पुगेका उनले आफन्त, साथीभाइ र फिल्मकर्मीसँगको छलफलमा सो कुरा सुनाएका हुन् । 
उनले भने, ‘म मेरो बुबाको जीवनमा फिल्म बनाउने सोचमा छु, त्यसका लागि काम थाल्छु । उहाँको जीवन यात्रा एकदमै शानदार थियो, जुन पर्दामा ल्याउनु पर्छ ।’

उनले भने, ‘मेरा बाबुआमा मेरो भगवान् हुनुहुन्छ र उहाँहरुभन्दा माथि जान मन छैन । उहाँ अभिनेता होइन, उहाँ मेरो नायक हुनुहुन्छ । म कति ठूला र हिट फिल्महरू बनाउँछु, तर म उहाँहरूभन्दा तल बस्छु । कुरा गर्ने हो भने, मनीषा कोइराला र ज्याकी श्राफ दुवै महान र लडाकू हुन् । ज्याकी मेरो प्रिय चिज हो ।’ सञ्जय शुक्रबार मन्याता दत्त, अली फजल, अमायरा दस्तुर र सत्यजित दुबेका साथ थिए ।

मान्यताको बहाना चल्दैन 

सञ्जयलाई कुन भूमिका फिट र आरामदायी छ भनेर सोध्दा उनले भने,‘ एक्सनमा फिट छुन्छु । एक्सन बढी सहज हुन्छ । मनोरन्जनमा एक्सन कहिल्यै मर्दैन ।’ उनले बीवी मान्यतासँग काम गर्ने बारेमा भने, ‘उनी कडा परिश्रम गर्छन् । उनीसँग काम गर्दा कुनै बहाना चल्दैन । यद्यपि उनी समयमै सम्झौता गर्दैनन् । म उनलाई बिहान १०–११ बिहानदेखि साँझ ६–७ बजेसम्म काम गरिहेको देख्छु ।’

मनीषा योद्धा, राजनीतिको गर्ने लक्ष्य छैन

आफू र मनीषा कोइरालाको उतार चढावका सम्बन्धमा उनले मनिषासँग लामो समय काम गर्दा रमाइलो भएको बताए । उनले भने, ‘हामीले धेरै फिल्महरूसँगै गरेका छौं । मनीषा एक वास्तविक योद्धा हुन् । उनी आज पनि धेरै सुन्दर छिन् ।’ उनले आफू राजनीतिमा जाने भन्ने समाचारलाई अफवाह भने । उनले भने, ‘राजनीतिमा जाने कुनै सोंच छैन ।’

म कथा सुन्छु, राम्रो लाग्यो भने मनदेखि काम गर्छु

सञ्जय दत्त टोलीका साथ जयपुर राष्ट्रिय विश्वविद्यालयका विद्यार्थीसम्म पुगेका थिए । र, उनले आफ्नो चलचित्रको ‘डाइलग’ बोलेपछि विद्यार्थीलाई उत्साहित पारेका थिए । कुलपति सन्दीप बख्शीले उनलाई स्वागत गर्दै क्याम्पसको बारेमा जानकारी गराएका थिए । विद्यार्थीले मुन्नाभाइ एमबीबीएस, खलनायक, पुलिसगिरीलगायत दत्तको हिट फिल्मको विषयवस्तु मञ्चमा प्रस्तुत गरे । सञ्जय दत्तले भने, दर्शकहरु यो फिल्म देखेर खुशी छन्, यसले खुशी दिन्छ ।’ उनले आफूलाई सुपरस्टार नमानिदिन आग्रह गर्दै भने, ‘म संजय दत्त हुँ, कुनै नम्बर होइन । त्यस्ता कुरासँग मलाई विश्वास छैन । म केवल एक अभिनेता हुँ । म एउटा कथा सुन्छु, जुन मलाई मनपर्छ, त्यसलाई मनदेखि काम गर्छु ।’


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप