शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

धनुषामा बस दुर्घटना, ६ घाइते

शनिबार, २१ भदौ २०७६, १३ : १०
शनिबार, २१ भदौ २०७६

जनकपुर-धनुषाको दक्षिणी क्षेत्रमा पर्ने नगराइन नगरपालिका वडा नम्बर २ को शुभम ईटा उद्योग नजिकै बस दुर्घटना हुँदा छ जना घाइते भएका छन् । 

दुर्घटनामा घाइते मध्य जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ का अन्दाजी ३० वर्षीय संजय पूरीकाे अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

त्यस्तै  महोत्तरीका २० वर्षीय कृष्णा कुमार यादव, अरमाना खातून, राकेश लाल कर्ण, चरित्र यादव, मरनी देवी मंडल र जनकपुरधाम वडा नम्बर १८ की २५ वर्षीया अरमाना खातून घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेहरुको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको जनाइएको छ । 

जनकपुर देखि जटही जाँदै गरेको ना ७ ख ७९७८  बस अनियन्त्रित भई दुघर्टना भएको जिप्रका धनुषाले जनाएको छ ।

 बसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएकाे प्रहरीले जनाएकाे छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप