बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपालमा लगानी गर्न चिनियाँ व्यापारी तथा लगानीकर्ताहरुलाई प्रचण्डको आह्वान

शनिबार, २१ भदौ २०७६, १३ : ४२
शनिबार, २१ भदौ २०७६

काठमाडौं–नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा लगानी गर्न चीन सरकार र चिनियाँ व्यापारी तथा लगानीकर्ताहरुलाई आह्वान गरेका छन् । 

चिनियाँ दूतावासले शनिबार राजधानीमा गरेको नेपाल चीन व्यापारसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दे अध्यक्ष दाहालले राजनीतिक स्थायीत्व कायम भए संगै लगानी मैत्री वातावरण पनि निर्माण भएकाले निर्धक्क भएर नेपालमा लगानी गर्न आह्वान गरेका हुन् । 
राजनीतिक स्थायीत्व संगै नेपाल सरकार मुलुकको आर्थिक विकासलाई सम्मृद्धिको नयाँ यात्रामा रुपान्तरण गर्न चाहेको उल्लेख गर्दै उनले चिनियाँ सरकार, जनता र लगानीकर्ताबाट नेपालको आर्थिक वृद्धिको लागि सहयोग हुने कुरामा सरकार र नेपाली जनताले ठूलो अपेक्षा राखेको बताए । 

उनले नेपाल सधै एक चीन नीतिमा दृढ रहेको र नेपाली भूमिलाई कुनै पनि अवस्थामा चिनिया विरुद्ध प्रयोग गर्न नदिने प्रतिवद्धता पनि दोहोर्याए । नेपालका राष्ट्रप्रमुख र सरकार प्रमुखबाट भएको चिनको राजकिय भ्रमणको प्रतिफलनै दुई देशबीचको सहयोग आदानप्रदानको आधारशिला भएको पनि उनले स्पष्ट पारे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप