केन्द्रीय संस्करण

नेपाल - बंगलादेशको सम्बन्ध सुधार हुन्छ : राजदूत डा. मिश्र

person explore access_timeभदौ २१, २०७६ chat_bubble_outline0

रौतहट – बंगलादेशका लागी नवनियुक्त राजदूत डा. वंशीधर मिश्रले नेपाल र बंगलादेशको सम्बन्धमा थप सुधार ल्याउने बताएका छन्  । नेपालको सिमान देखी  जम्माजम्मी ३२ किलोमिटर टाढा रहेको बंगलादेश बाट  झापाको भद्रपुर सम्म हवाइ सम्बन्ध जोडने साथै देशको अन्य सम्बन्धको सकारात्मक बनाउन पनी आफू प्रयासरत रहने बताए । 

रौतहट जिलाबाट पहिलो राजदूतको रुपमा आफू राजदूत बनेको भन्दै डा.मिश्र नेपाल बाट बालुवा, ढुंगाको मागको साथै  नौ हजार मेगावाट बिजुली माग रहेको बंगलादेशको उद्योगपतिहरुसँग रौतहटको सेजमा लगानी गर्न आग्रह गर्ने बताए ।

राजदूत डा.मिश्र बंगलादेशमा रौतहटको इज्जत अझै बढाउन प्रयास गर्नुका  साथै स्वास्थ्य तथा इन्जिनियरिङको क्षेत्रमा थप विद्यार्थीको पहुँच बनाउन आफु सकृय रहने बताए । १७ करोड जनसंख्या रहेको बंगलादेशमा एक करोड साठ लाख हिन्दूको बसोबास रहेकाले बंगलादेश र नेपालको सबै किसिमले सम्बन्ध बनाउन सहज हुने डाक्टर मिश्रले स्पष्ट पारेका थिए  ।

गृहजिल्ला रौतहटको गरुडा स्थित तुलसीलाल स्मृति प्रतिष्ठान सभाभवनमा समाज विकास केन्द्र रौतहटद्वारा आयोजित सम्मान कार्यक्रमलाई शनिवार सम्बोधन गर्दै राजदूत डा.मिश्रले आफु  फेरी सकृय राजनीतिमा आउने संकेत दिएका थिए । 

राजदूत डा.मिश्रलाई समाजका बिभिन्न व्यक्तिहरुले दोसाला ओढाएर  स्वागत तथा सम्मान गरेका थिए । उक्त अवसरमा पुर्व सांसद अबुल कलाम, हरी उपे्रती लागयतका वक्ताहरुले रौतहट बाट पहिलो पटक राजदूत जस्तो गरिमामय पदमा डाक्टर मिश्रलाई नेकपाका नेतृत्वले अवसर दिएकोमा पार्टीप्रती आभार प्रकट गरेका थिए ।
 
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.