मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

डायनोसर भन्दा पनि पुरानो जीव खजुरो !

एउटै जीवको चार सय वटासम्म खुट्टा
आइतबार, २२ भदौ २०७६, ०७ : ०५
आइतबार, २२ भदौ २०७६

खजुरो त तपाईं–हामीले चिनीरहेकै कीरा हो । यस कीरालाई अंग्रेजीमा centipede भनिन्छ । centi को अर्थ सयौं र pede को अर्थ हुन्छ– खुट्टा । अर्थात् centipede को अर्थ हुन्छ–सयौं खुट्टाहरु भएको कीरा ।

साँच्चै नै, मान्छेहरुले खजुरो भन्नेबित्तिकै हज्जारौं खुट्टा भएको कीरा भनेर सोच्ने गर्छन् ।

हुन त सामान्य खजुरोको खुट्टा हामीले सोचेजस्तो त्यतिविध्न ज्यादा चाहिँ हुँदैन । सामन्यतः हामीले देख्ने गरेको खजुरोको पन्ध्रदेखि २० जोडा खुट्टाहरु हुन्छन् । तर युरोपमा पाइने एक किसिमको खजुरोको चाहिँ एक सय सतहत्तर जोडा खुट्टाहरु हुन्छन् । उता दक्षिण युरोपमा पाइने हिमानटटम् गेबियलिस नाम गरेको खजुरोको त १७१ देखि १७७ जोडासम्म खुट्टाहरु हुन्छन् । अझ केही प्रजातिका खजुरोहरुको त ४०० वटासम्म पनि खुट्टा हुन्छन् ।

युरोपमै अर्कोथरि खजुरो पाइन्छ जसको नाम स्क्रूटिगेरा कोलियोप्ट्राटा (Scutigera coleoptrata)  हो । १५ जोडीसम्म खुट्टा हुने यो खजुरो सबैभन्दा छिटो हिँड्ने खजुरो मानिन्छ । यो खजुरोले प्रतिघण्टा १.८ किलोमिटर दुरी पार गर्न सक्छ । खजुराको शरीरको लम्बाई त्यको जात अनुसार फरक फरक हुन्छ । सामन्यतः एउटा खजुरोको लम्बाई दुईदेखि सत्ताईस सेन्टिमिटरसम्म पनि हुन्छ । सबैभन्दा ठुलो खजुरो चाहिँ बंगालको खाडीस्थित अण्डमान द्वीप–समूहहरुमा पाइने स्कोलोपेन्ड्रा मोरसीटान्सको एक जाति हो । गिनेस बुक अफ वर्ल्ड रेकर्डसमा उल्लेख भएको  पछिल्लो रेकर्ड अनुसार पेरुभियन जाइन्ट एल्लो लेग सेन्टिपेड (Scolopendra gigantea) सेन्टिपेड हो । १० इन्च आकारको यो खजुरो भेनेजुएलामा फेला परेको थियो । यो खजुरोले मुसा, छेपारो, भ्यागुतो र चमेरासमेतलाई आफ्नो आहारा बनाउने गर्छ ।

https://upload.wikimedia.org

 

त्यसैगरी, सबैभन्दा सानो खजुरो चाहिँ हफम्यान्स ड्वार्फ सेन्टिपेड (Nannarrup hoffmani )  हो । १०.३ मिलिमिटर (०.४ इन्च) लामो यो खजुरोको ४१ जोडा खुट्टाहरु हुन्छन् । 

यो कीरा अँध्यारो र ओसिलो जमीनमा बस्न रुचाउँछ । यो कीरा सूर्यको प्रकाशबाट सधैं बच्छ, किनभने सूर्यको प्रकाशले यसको शरीरलाई सुख्खा तुल्याइदिन्छ । शरीर सुख्खा भयो भने यो कीरा बाँच्न सक्दैन ।

खजुरो मूलतः  उत्तर अमेरिका मध्ये अमेरिका, दक्षिण अमेरिका, युरोप र एशियामा पाइन्छ । यो कीरा अँध्यारो र ओसिलो जमीनमा बस्न रुचाउँछ । यो कीरा सूर्यको प्रकाशबाट सधैं बच्छ, किनभने सूर्यको प्रकाशले यसको शरीरलाई सुख्खा तुल्याइदिन्छ । शरीर सुख्खा भयो भने यो कीरा बाँच्न सक्दैन ।

डायनोसरभन्दा पनि पुरानो जीव !

खजुरोको बारेमा सबैभन्दा रोचक कुरा त के छ भने, यो जीव डायनोसरभन्दा पनि पुरानो जीव मानिन्छ । वैज्ञानिकहरुका अनुसार, आजभन्दा करीब ४०० मिलियन वर्ष अगाडिदेखि नै यस संसारमा यो जीवको अस्तित्व थियो ।

वैज्ञानिकहरुका अनुसार प्राचीन कालमा खजुरो अहिलेको खजुरोको तुलनामा अत्यन्तै विशाल आकारको हुन्थ्यो । उनीहरुको अनुमानमा त्यसबेलाको खजुरी ६.५ फिटसम्म लामो हुन्थ्यो ।

विषालु तर मान्छेको मित्र

खजुरोको बारेमा एउटा रोचक अन्धविश्वास हिन्दु धर्मावलम्बीहरुमा रहेको पाइन्छ । यसअनुसार, उहिले इन्द्र भगवानका छोरालाई खजुरोले टोकेर मारिदिएको थियो । त्यसैले वर्षाको बेलामा इन्द्र भगवानले खोजीखोजी खजुरोमाथि ब्रज प्रहार गर्ने गर्छन् । यही कारण वर्षाको बेलामा चट्याङ परेको बेलामा ठूला रुखहरुमुनि बस्नु हुँदैन, किनभने, त्यस्तो रुखमा खजुरो हुन्छ र त्यहाँ इन्द्रले बज्र प्रहार गर्छन् ।

यो कुरा पूरै अन्धविश्वास भएपनि त्यहाँ दुईवटा कुरा चाहिँ अवश्य सत्य छन् । त्यो हो–खजुरो विषालु हुन्छ । दोस्रो वर्षको बेलामा ठूलोठूलो रुखको मुनि ओत लाग्नु हुँदैन, किनभने, त्यस्ता रुखमा चटयाङ्ग पर्ने सम्भावना बेसी रहन्छ ।

खजुरो विषालु कीराको वर्गभित्र पर्दछ । तर सामान्यतः यो कीरा एकान्तप्रिय हुन्छ । जब यसलाई चलाइन्छ, तब मात्र यसले टोक्छ । तर यो मान्छेको लागि प्राणघातक चाहिँ हुँदैन । सामान्य खजुरोको टोकाइ एउटा मौरीको टोकाइजत्तिकै पीडादायी र विषालु हुन्छ । तर कतिपय जंगली प्रजातिको खजुरोको टोकाइले चाहिँ हामीलाई अस्पताल नै जानुपर्ने पनि बनाइदिन सक्छ ।

खजुरो विषालु कीराको वर्गभित्र पर्दछ । तर सामान्यतः यो कीरा एकान्तप्रिय हुन्छ । जब यसलाई चलाइन्छ, तब मात्र यसले टोक्छ । तर यो मान्छेको लागि प्राणघातक चाहिँ हुँदैन । सामान्य खजुरोको टोकाइ एउटा मौरीको टोकाइजत्तिकै पीडादायी र विषालु हुन्छ । तर कतिपय जंगली प्रजातिको खजुरोको टोकाइले चाहिँ हामीलाई अस्पताल नै जानुपर्ने पनि बनाइदिन सक्छ ।

एउटा कुरा के सत्य हो भने खजुरोले मानिसलाई आक्रमण गर्दैन । तर त्यसलाई चलाइयो भने र त्यसले टोक्न सक्छ । सबै खजुरोले आफ्नो शिकारलाई मार्न विषको प्रयोग गर्ने गर्छ । त्यसैले मानिसलाई टोकेको खण्डमा खजुरो जति ठूलो हुन्छ, त्यति नै बढी पीडादायी हुने हुन्छ ।

रोचक कुरा के छ भने एउटा खजुरोले आफूभन्दा १५ गुना ठूलो शिकारलाई पनि पक्रन र मार्न सक्छ । यसको विषले छेपारो, साङ्लो, मुसा, सर्प र अरु ससाना जनावरहरुलाई समेत पक्षघात तुल्याइदिन सक्छ । यसले टोकेपछि टोकिएको कीरा फट्याङ्ग्रा वा प्राणीहरुमा मुटु, श्वासप्रश्वास, स्नायुप्रणालीमा गडबढी आउने र शिकारलाई पक्षघात नै पनि हुने गर्छ । टोकेको ३० सेकेन्डभित्रमै यी सब असरहरु भइसक्छन् । यही कारण नै हो, एउटा खजुरोले आफूभन्दा १५ गुनाठूलो शिकारलाई पनि पक्रन र खान सक्छ ।

खजुरोले आफ्नो जूंगा (antennae)  को मद्दतले शिकार पत्ता लगाउँछ । एन्टेनाकै छेउमा रहेको खजुरोको अघिल्लो एक जोडा खुट्टाले चाहिँ हतियारको काम गर्छ । यसले त्यो जोडा खुट्टाले आफ्नो शिकार समात्छ । यो खुट्टा खजुरोको विषग्रन्थीसँग जोडिएको हुन्छ । तयही खुट्टाको मद्दतले यसले आफ्नो शिकारमा विष छोड्छ र पक्राउ परेको शिकारलाई मारिदिन्छ ।

खजुरोको सबैभन्दा प्रिय भोजन सांग्ले—कीरा हो । हाम्रो घरआँगनमा पाइने हानिकारक कीराहरु यसको मुख्य आहार भएकोले यस कीराले नजानिँदो किसिमले मान्छेलाई सहायता पुर्‍याइरहेको हुन्छ । त्यसैले प्रकृतिविदहरु यस कीरालाई मान्छेको शत्रु हैन, मित्रको रुपमा लिने गर्छन् र यसलाई नमार्ने सल्लाह दिन्छन् ।

Title Photo: https://www.sciencemag.org

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप