बस्तुलाई कुँडो बाजुराको स्याउः एक रुपैयाँमा ३ दाना, फल्छ १० लाख किलो
आइतबार, २२ भदौ २०७६, ०७ : ०८
स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटमा महेन्द्रबहादुर शाहीको बारीमा १२ सय बोट स्याउ छन् । उनले स्याउखेती गर्न थालेको १५ वर्ष भयो । बारीमा लटरम्म स्याउ फल्छ ।
बजार नपाउँदा स्याउ खेर गइरहेको छ । उनले एक रुपैयाँमा तीन दाना दिने गरेका छन् । गाउँपालिकाले भने किलोको १५ रुपैयाँ निर्धारण गरेको छ । उनले भने, ‘बारीमा आएर किलोमा कोहि किन्दैनन् ।’
लाखौँ मूल्यको स्याउ खेर जाने गरेको उनले बताए ।
उनले भने, ‘किन्न कोही आउँदैन। बजार निकै टाढा छ। भरियालाई बोकाएर पुर्याउन सकिँदैन। स्याउ बस्तुभाउलाई कुँडो बनाएर खुवाउनुपरेको छ।’ यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा पदमबहादुर सिंहले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्पताल परिसरमा इजरायली कारबाही, एक हप्तामा २ सय व्यक्तिको मृत्यु
-
एक वर्षमा ५ हजार १५० वटा गम्भीर प्रकृतिका अपराध
-
एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार २१ परीक्षार्थी अनुपस्थित
-
राष्ट्रियसभा उपाध्यक्ष अर्यालले दिइन् पदबाट राजीनामा
-
काठमाडौँको छाउनीमा सर्जन डा.प्रतिभा धौभडेल मृत फेला
-
शिक्षा मन्त्रीले सोधिन् मन्त्रालयका २० जना कर्मचारीलाई स्पष्टीकरण