शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आईसीसी महिला फोरम संयोजकमा जुनु गुरुङ्गको उम्मेदवारी

आइतबार, २२ भदौ २०७६, ११ : ०४
आइतबार, २२ भदौ २०७६

सोल–गैरआवासीय नेपाली संघ (एनआरएनए) को यही अक्टोबर १५ देखि १७ सम्म काठमाडौँ हुने विश्व सम्मेलनमा एसिया प्यासिफिक महिला फोरम संयोजक जुनु गुरुङ्गले पनि उम्मेदवारी दिने भएकी छिन् ।
 उनले आईसीसी महिला फोरम संयोजकमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।

लामो समयदेखि दक्षिण कोरियामा रहेर व्यवसायमा संलग्न जुनु गुरुङ्ग ‘वुमन फर वुमन’ दक्षिण कोरियाकी पूर्वअध्यक्ष हुन् ।  यस्तै उनी दक्षिण कोरिया सरकारले प्रदान गर्ने मानार्थ सिटिजनसिपबाट सम्मानित महिला हुन् । 

गुरुङ्गले एसिया प्यासिफिक क्षेत्र र मध्यपूर्वका मजदुर तथा महिलाहरुको दर्दनाक अवस्थाको न्यूनीकरणका लागि पहल गर्ने बताएकी छिन् । 

महिलाका आवाजलाई शसक्त रुपमा उठाई उनीहरुको आर्थिक तथा व्यवसायिक पाटोलाई सक्षम बनाउन प्रयास गर्ने बताउँदै उनले सबैतिर छरिएर रहेका महिलाहरुको संञ्जाललाई अझ बिस्तार गरि फराकिलो बनाउने प्रतिबद्धता जनाइन् । एनआरएनएलाई अझ गतिशिल र सबैको अपनवत्व हुने गरी सबै क्षेत्रको प्रतिनिधित्वको सुनिश्चितता हुनुपर्नेमा उनको जोड छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप