मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

चन्द्रयान–२ सँग सम्पर्कको आशा अझै अन्त्य भएको छैन : डा. सिवन

आइतबार, २२ भदौ २०७६, १२ : ४३
आइतबार, २२ भदौ २०७६

एजेन्सी । भारतको अन्तरीक्ष अनुसन्धान संगठन ‘इसरो’का प्रमुख डा. सिवनले चन्द्रयान–२ को ल्याण्डर विक्रमसँग सम्पर्कको आशा अझै अन्त्य नभएको बताएका छन् । 

डा.सिवनले वैज्ञानिकहरु अझै पनि विक्रमसँग सम्पर्क स्थापित गर्न प्रयास गरिरहेको बताए । ल्याण्डर विक्रम पृथ्वीको समय अनुसार १४ दिनसम्म सक्रिय रहने सिवनले जानकारी दिए । 

दुरदर्शनसँग कुरा गर्दै डा. सिवनले भने ,‘हामी सम्पर्क स्थापित गर्ने कोसिस गरिरहेका छौं । आगामी १४ दिनसम्म हामी निरन्तर कोसिस गरिरहने छौं ।’

इसरोको योजना ल्याण्डर विक्रमलाई चन्द्रमाको सतहमा ‘सफ्ट ल्याण्डिङ’ गराउने थियो तर योजना अनुरुप सफलता हासिल गर्न सकिएन ।  

शनिबार विहान ल्याण्डर विक्रमको अन्तिम समयमा ग्राउण्ड स्टेशनसँग सम्पर्क टुटेको थियो । 

भारतको सरकारी टेलिभिजन च्यानल दुरदर्शनलाई दिएको अन्तरवार्तामा डा. सिवनले चन्द्रयान–२ को सफ्ट ल्याण्डिङको चार महत्वपूर्ण चरण रहेको जानकारी दिए । 

सिवनका अनुसार तीन चरण सफलतापूर्वक पार गरेर अन्तिम र सबैभन्दा महत्वपूर्ण चरणमा विक्रमको ग्राउण्ड स्टेशनसँग सम्पर्क टुटेको थियो । 

डा. सिवनले यसबाट इसरोको मिसन प्रभावित नहुने बताए । सन् २०२२ मा गगनयानमार्फत भारतले चन्द्रमामा अन्तरीक्षयात्री पठाउनेछ ।

डा. सिवनले भने ,‘अहिले जे भयो त्यसबाट इसरोलाई कुनै असर हुँदैन । हामीहरु गगनयान परियोजनामा काम गरिरहेका छौं । यो सन् २०२० को आखिरीसम्म अन्त्य हुनेछ । चन्द्रयान–२ लगभग १०० प्रतिशत सफल भएको छ । आर्बिटरले आफ्नो काम गरिरहेको छ ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप