मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

काभ्रेमा बन्दै ‘लक्का जवान’

आइतबार, २२ भदौ २०७६, १२ : ४७
आइतबार, २२ भदौ २०७६

काठमाडौं – हाँस्यकलाकार शिवहरि पौडेलको निर्देशनमा बन्न लागेको हो फिल्म ‘लक्का जवान’ । फिल्मको अहिले काभ्रेको आसपासका स्थानमा धमाधम सुटिङ भइरहेको छ । 

निर्देशक शिवहरी सहित किरण केसी, दीलिप रायमाझी, प्रियंका कार्की, वर्षा शिवाकोटी, सलोन बस्नेत, राजाराम पौडेल, सुरेन्द्र केसी, सरोज खनाल लगायतका कलाकारले फिल्ममा अभिनय  गरिरहेका छन् । फिल्मको अहिले करिब ५० प्रतिशत काम सकिएको निर्माण युनिटले जनाएको छ । 

किरण केसी, दीलिप रायमाझी र शिवहरि पौडेल कार्यकारी निर्माता, अनसुया श्रेष्ठ वन्त निर्माता र राजाराम पौडेल, दीपेन्द्र खनिया, सुरेन्द्र केसी, सुशील अर्याल, डेजी अर्याल र राज केसी सहनिर्माता रहेको फिल्म सामाजिक कथावस्तुलाई कमेडी शैलीमा प्रस्तुत गर्न लागेको निर्देशक शिवहरीले बताए । 

कविराज गहतराजको कोरियोग्राफी रहने फिल्मका गीतमा बाबुल गिरीले संगीत भरेका छन् । मित्र डि. गुरुङले सम्पादन रहने फिल्मका छायाँकार पुरुषोतम् प्रधान हुन् । फिल्म आगामी चैत ७ गते प्रदशर््नमा ल्याउने लक्ष्य निर्माण युनिटको रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप