मकवानपुरमा छोनाम न्वागी मनाइँदै, एक स्थानीय तहमा सार्वजनिक बिदा
मकवानपुर– लोपोन्मुख जाति समुदायको रूपमा रहेको चेपाङ समुदायको महान् चाड छोनाम न्वागी आज चेपाङ जातिको उद्गमस्थल मकवानपुरमा धुमधामसँग मनाइँदैछ । यस पर्वका अवसरमा यहाँको एक चेपाङ बाहुल्य स्थानीय तहमा स्थानीय सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
चेपाङ जातिको उद्गम क्षेत्र मानिएको मकवानपुरको राक्सिराङ गाउँपालिकामा चेपाङको सबैभन्दा ठूलो र महान् पर्व छोनाम न्वागीको दिन गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गाउँपालिका अध्यक्ष राजकुमार मल्लले विज्ञप्ति जारी गर्दै भदौ २२ गते न्वागीको सार्वजनिक बिदा दिइएको बताए ।
विज्ञप्तिमार्फत उनले न्वागीका अवसरमा शुभकामनासमेत व्यक्त गरेका छन् । न्वागीकै अवसरमा आइतबार राक्सिराङको चैनपुरमा विशेष कार्यक्रम न्वागी उत्सव गरिने नेपाल चेपाङ सङ्घ मकवानपुरले जनाएको छ । सङ्घीयता कार्यान्वयनसँगै चेपाङ समुदायले राक्सिराङ गाउँपालिकालाई संरक्षित क्षेत्र घोषणा गरी सरकारले विशेष कार्यक्रम चलाउनुपर्ने भन्दै आवाज उठाइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मलामी जाँदा भेरीमा डुबेका व्यक्तिको खोजीमा गोताखोर परिचालन
-
असारसम्म आयोजना स्थल नछोड्न आयोजना प्रमुखहरूलाई भौतिक मन्त्रीको निर्देशन
-
उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न संघीय सरकारले मात्रै सक्दैन : अर्थमन्त्री पुन
-
कतार र नेपालबिच धेरै कुरामा समानता देखिन्छ : राजदूत डा. ढकाल
-
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
-
१६औँ पञ्चवर्षीय योजनाको रणनीति : प्रतिव्यक्ति आय २४१३ अमेरिकी डलर पुर्याउने !