महोत्तरीमा दुई गाई तस्कर पक्राउ
आइतबार, २२ भदौ २०७६, १४ : २५
महोत्तरी– नेपालबाट भारततर्फ गाई तस्करी गर्न लागेका दुई जना तस्करलाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको सम्सी गाउँपालिका–२ बस्ने २८ वर्षीय मुस्तकिम मोमिन र ३२ वर्षीय अबताक शेष रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधव प्रसाद बुढाथोकीले बताए ।
आज सम्सी गाउँपालिका–७ स्थित वनको बाटो हुँदै नेपालबाट भारत लैजान लागेको अवस्थामा तीन वटा गाईसहित दुवै तस्करलाई प्रहरी चौकी सम्सीबाट गस्तीमा गएको प्रहरी टोलीले पक्राउ गरेको हो । तस्करीको गाईसहित पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धानका लागि सम्सी प्रहरी चौकीमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा