शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लोकसेवाका अध्यक्ष यादवले लिए सपथ, नीति आयोगको उपाध्यक्षमा डा. भोगेन्द्र झा नियुक्त

आइतबार, २२ भदौ २०७६, १५ : ४५
आइतबार, २२ भदौ २०७६

जनकपुर-प्रदेश नम्बर २ लोकसेवा आयोगको अध्यक्षमा नियुक्त प्राध्यापक डा. सुरेन्द्र प्रसाद यादवले पद तथा गोपनियताको सपथ लिएका छन् ।
आइतबार आयोजित एक समारोहमा उनलाई प्रदेश नम्बर २ का प्रमुख रत्नेश्वरलाल कायस्थले सपथ ग्रहण गराएका हुन् । 

नवनियुक्त यादवले  सिरहा क्याम्पसमा लामो समय सम्म उपप्राध्यापकको रुपमा काम गरेका छन् भने नेपाल पत्रकार महासङ्घ सिरहा शाखाका साधारण सदस्य समेत हुन् ।
मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सिफारिस समितिले डा. यादवलाई प्रदेश लोकसेवा आयोग अध्यक्षमा नियुक्त गरिएको थियो ।
त्यस्तै प्रदेश नीति आयोगको उपाध्यक्षमा डा. भोगेन्द्र झालाई नियुक्त गरिएको छ। झालाई पनि सोही कार्यक्रममा नियुक्ति पत्र दिइएको हो । यसअघि नीति आयोगका उपाध्यक्ष हरिवंश झाले सार्वजनिक स्थलमा प्रदेश सांसदको आलोचना गर्दा प्रतिपक्षी काङ्ग्रेसले प्रदेश सरकारसँग कारवाहीको माग गरेको थियो । सो पछि हरिवंश झाले राजीनामा दिएपछि भोगेन्द्र झालाई नियुक्ति गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप