शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रचार विभाग उपप्रमुखमा विश्वदीप

आइतबार, २२ भदौ २०७६, १६ : ४४
आइतबार, २२ भदौ २०७६

काठमाडौं । समाजवादी पार्टी नेपालको प्रचार विभागको उपप्रमुखमा विश्वदीप पाण्डेलाई चयन गरिएको छ ।

पार्टी कार्यालयमा आज बसेको पार्टीको पदाधिकारी बैठकले पाण्डेलाई विभागको उपप्रमुखमा चयन गरेको पार्टीले जनाएको छ ।

बैठकले पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईका प्रेस सल्लाहकारको जिम्मेवारी समेत पाण्डेलाई दिने निर्णय गरेको छ ।

यसअघि पनि उनी डा.भट्टराईको स्वकीय सचिवको रुपमा काम गरेका थिए ।

पछिल्लो पार्टीको मुलधारको राजनीतिमा सक्रिय पाण्डेलाई मिडियामैत्री मानिन्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप