शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

चन्द्रमामा भेटियो विक्रम ल्याण्डर, अवस्था अज्ञात

आइतबार, २२ भदौ २०७६, १७ : १३
आइतबार, २२ भदौ २०७६

भारतीय अन्तरिक्ष अनुसन्धान केन्द्र (इसरो) ले चन्द्रयान–२ ल्याण्डर विक्रम चन्द्रमाको सतहमा फेला पार्न सफल भएको छ ।

इसरोका अध्यक्ष डा. के सिवनले आइतबार चन्द्रमामा विक्रम ल्याण्डर अवतरण भएको स्थानमा पत्ता लागेको जानकारी दिएका हुन् ।

अर्बिटरले ल्याण्डरको केही तस्विर (थर्मल इमेज) खिचेको छ । यद्यपि, अर्बिटरद्वारा लिइएको ल्याण्डरको तस्विर इसरोसम्म आइपुगेको छैन ।

विक्रमसँग सम्पर्क कायम गर्न अझै पनि प्रयास जारी रहेको छ ।

सिवनले ल्याण्डर अवतरण भएको पत्ता लागेपनि त्यो कुन अवस्थामा रहेको छ भन्ने अझै यकिन नभएको बताएका छन् । उनले सम्भवतः हार्डल्यान्डिङ भएको तर ल्याण्डरमा क्षति पुगेको वा नपुगेको अझै स्पष्ट नभएको जिकिर गरे ।

इसरो ७ सेप्टेम्बरमा अन्तरिक्ष विज्ञानमा इतिहास रच्ने नजिक थियो । तर, चन्द्रयान–२ को ल्याण्डर विक्रमको ल्याण्डिङभन्दा मात्र ६९ पहिलो पृथ्वीसँग सम्पर्क टुटेको थियो ।

चन्द्रमाको दक्षिणी ध्रुवमा ल्याण्डर विक्रमको शनिबार बिहान भारतीय समयअनुसार १ बजेर ५३ मिनेटमा ल्यान्डिङ हुनुपर्ने थियो ।

यसपछि सिवनले भारतीय मिसन ९९ प्रतिशत सफल भएको र अन्तिम चरणमा ल्याण्डरसँग सम्पर्क टुटेको बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप