शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सय विद्यालयमा डिजिटल साक्षरता शुभारम्भ

आइतबार, २२ भदौ २०७६, १८ : ५२
आइतबार, २२ भदौ २०७६

विराटनगर – प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशका सामुदायिक विद्यालयका लागि ‘डिजिटल साक्षरता’ अभियानको आज ल्यापटपको इन्टर दवाई शुभारम्भ गरेका छन् । सामाजिक विकास मन्त्रालयद्वारा ५३ औँ अन्तर्राष्ट्रिय साक्षरता एवं ४०औँ शिक्षा दिवसका उपलक्ष्यमा एकसाथ प्रदेशका १०० विद्यालयमा साक्षरता अभियानको शुरुआत गरिएको छ ।

मोरङको बुढीगङ्गा गाउँपालिका–१ स्थित नरग्राम नमूना माध्यमिक विद्यालयको ७१औँ वार्षित्सव एवं अभिभावक दिवसका उपलक्ष्यमा आयोजित कार्यक्रममा मुख्यमन्त्री राईले अभियानको शुरुआत गरेका हुन् ।्

मन्त्रालयको रु दुई करोड, स्थानीय निकाय, इक्वालीट फाउडेशन अमेरिका, युनाइटेड बल्र्ड स्कूल र रोटरी क्लब इन्टरनेशनलको सहयोगमा अभियानको सञ्चालन गरिएको बताइएको छ । आगामी दिनमा प्रदेशका एक हजार २०० सामुदायिक विद्यालय डिजिटल साक्षरता अभियानमा आबद्ध गरिने भएको छ ।

सो अवसरमा मुख्यमन्त्री राईले प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटमा उल्लेख भएअनुरुप ‘डिजिटल प्रदेश’को सपनालाई अभियानले साकार पारेको बताए । 

उनले सूचना प्रविधिको शिक्षाबाट मुलुकमा दक्ष जनशक्ति उत्पादन भई विदेशी बजारमा प्रतिस्पर्धा गर्न सक्षम हुनुका साथै ‘समृद्ध नेपाल, सुखी नेपाली’को नाराले सार्थकता पाउने धारणा व्यक्त गरे ।उनले नेपालमा पहिलो पटक प्रदेश नं १ सरकारले शुरु गरेको अभियानले अन्य प्रदेशलाई समेत प्रेरणा मिल्ने विश्वास व्यक्त गरे । मुख्यमन्त्री राईले प्रदेशलाई सूचना  प्रविधिको केन्द्र वनाउने अभियानलाई सहयोग पु¥याउन आह्वान गर्दै स्वदेशमा नै विदेशीस्तरीय पाठ्यक्रमको अध्ययन गर्ने सुविधाले विदेशी मुद्राको बचत हुने बताए ।

सामाजिक विकासमन्त्री जीवन घिमिरेले आगामी १० वर्षभित्र प्रदेशका सबै विद्यालयमा झोला र किताब विस्थापित गर्ने उल्लेख गर्दै सबै विद्यालयमा ई–शिक्षा सफल बनाउन सबैको सहयोग आवश्यक रहेकामा जोड दिए। 

सांसद अमनलाल मोदी, सामाजिक विकास समितिका सभापति सरिता खड्का र विद्यालयका प्रधानाध्यापक भिमबहादुर बस्नेत लगायतले नयाँ सोचले प्रदेशलाई ‘प्रविधि मैत्री’ बनाउन सहयोग पुगेको धारणा व्यक्त गरे।

सोही अवसरमा शैक्षिक वर्ष २०७५ मा उत्कृष्ट कार्य सम्पादन गर्ने प्रदेशका प्रत्येक जिल्लाका एक÷एक गरी १४ सामुदायिक विद्यालय, १४ सामुदायिक सिकाइ केन्द्र र १४ संस्थागत विद्यालयलाई नगदसहित सम्मान गरिएको थियो । 

सामुदायिक विद्यालय र सिकाइ केन्द्रलाई रु दुई लाख र संस्थागत विद्यालयलाई रु एक लाख प्रदान गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप