स्कार्पियोसहित लाखौंको अवैध सामान बरामद
रौतहट – जिल्ला प्रहरी बाराको छुटा छुटै नस्तीटोलीले नेपाली नम्बरको स्कार्पियोसहित लाखौं मुल्य बराबरको अवैध भारतीय सामान बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय निजगढको टोलीले पुर्वपश्चिम महेन्द्र राजमार्गमा चेकजाँचको क्रममा आईतवार लु २ ख३७ नम्बरको ट्कमा १५हजार किलो अवैध सुपारी बरमद गरेको छ ।
त्यसैगरी पर्सौनी स्थित प्रहरीले बा १९च ३९५४ नम्बरको स्कार्पियो चेकजाँच गर्दा भारतीय बजार रक्सौलबाट अवैध रुपमा भित्रयाएको २० थान स्टेपलाइजर बरामद गरेको छ । गाडी चालक रौतहट बृन्दाबन नगरपालिका ७ का अनिसकुमार साह र उनीसँगै रहेका गरुडा नरपालिका २ का रामप्रवेश मण्डल पनि पक्राउ परेको प्रहरीले जनाएको छ ।
त्यसैगरी तस्करहरुले भारतीय नाकाबाट अबैधरुपमा भित्रयाइएको कपडा,कस्मेटिक,किराना,कपडा लगायत १० लाख मुल्य बराबरको अवैैध सामान गस्ती टोलीले बरामद गरेको बाराका प्रहरी प्रमुख एसपी विकास खनालले बताए ।
बरामद ट्क,स्कार्पियो,सुपारी र अबैध सामान गरी ४० लाख बढीको मुल्यांकन रहेको एसपी खनालले जनाएका छन । बरामद गाडी मानिस तथा सामानहरु आवशयक कार्यवाहीको लागी बिरगञ्ज भन्सार कार्यालय पठाइएको बारा प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले परित्याग गर्ने भीम रावलको संकेत, भने–एउटा घुम्तीमा पुगेँ
-
मुख्यमन्त्री कँडेललाई कांग्रेसले विश्वासको मत नदिने
-
इतिहासलाई फर्केर हेर्दा, तस्बिरहरू
-
विश्वासको मत माग्दै कर्णालीका मुख्यमन्त्रीले भने– प्रश्न नआउनेगरी काम गर्नेछु
-
उपनिर्वाचनमा प्रहरीले देख्यो सम्भावित १२ खतरा
-
यी परिस्थिति उत्पन्न भएमा प्रहरीले उपनिर्वाचनमा बल प्रयोग गर्ने