शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पूँजीवादविरुद्ध लड्न मजदूर एकता आवश्यक छ: बिजुक्छे

आइतबार, २२ भदौ २०७६, २२ : ४७
आइतबार, २२ भदौ २०७६

भक्तपुर- नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले समाजवाद स्थापनाका लागि पूँजीवादविरुद्ध लड्न मजदुरको एकता र सङ्गठन आवश्यक भएको बताएका छन् । नेपाल क्रान्तिकारी मजदूर सङ्घको पेशागत सङ्गठन नेपाल क्रान्तिकारी यातायात मजदूर सङ्घको पाँचौ जिल्ला सम्मेलनको आज उद्घाटन गर्दै उनले पुँजीवादी व्यवस्थाले कहिल्यै पनि मजदूर वर्गको हित नगर्ने बताए ।
 
मजदूरले आफ्नो पेशामा निपुणता हासिल गर्दै जनताको सेवा गर्ने भावनाले काम गर्नुपर्ने औंल्याउँदै अध्यक्ष बिजुक्छेले समाजवादी देशमा मजदूर पनि बुद्धिजीवी हुने बताए । पैसाकै लागि मात्र काम गर्ने प्रवृत्ति सही नभएको भन्दै उनले समाजवादी देशका मजदूरले देश निर्माणमा आफ्नो योगदान दिन अतिरिक्त श्रम गर्ने भावनाको विकास गरिने बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप