नाडाल बने च्याम्पियन
सोमबार, २३ भदौ २०७६, ०९ : ४९
स्पेनिस स्टार राफेल नाडाल युएस ओपन टेनिसको उपाधि जितेका छन् ।
सोमबार बिहान भएको फाइनल खेलमा दोस्रो वरीयताका नाडाल पाँचौ वरीयताका रसियन खेलाडी ड्यानियल मेडभेडेभलाई ३–२ को सेटमा हराउँदै च्याम्पियन बने ।
३३ बर्षीय नाडालले संघर्षपूर्ण जित निकाल्ने क्रममा ड्यानियलमाथि ७–५, ६–३, ५–७, ४–६, ६–४ को नतिजा निकाले । नाडालको यो चौथो युएस ओपन उपाधि हो ।
यससँगै नाडालले ग्रान्डस्लाम उपाधि संख्या १९ बनाएका छन् । पहिलो पटक युएस ओपनको उपाधि नजिक पुगेका २३ बर्षीय ड्यानियलले पछिल्ला दुई सेटमा उत्कृष्ट पुनरागमन गरेपनि अन्तिम सेटमा हार खेप्न बाध्य बने ।