बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

हिसिलालाई ठक्कर दिने मोटरसाइकल कसको हो ?

सोमबार, २३ भदौ २०७६, १० : ४६
सोमबार, २३ भदौ २०७६

काठमाडौँ– पूर्व मन्त्री तथा समाजवादी पार्टीकी नेतृ हिसिला यमी सवारी दुर्घटनामा परी घाइते भएकी छन् । यमी स्कुटर दुर्घटनामा परेर अस्पताल भर्ना भएकी हुन् ।

आइतबार दिउँसो पार्टी कार्यालय जाने क्रममा ललितपुरको ग्वार्कोमा यमी सवार स्कुटरलाई मोटरसाइकलले ठक्कर दिएपछि उनी दुर्घटनामा परेको र तत्कालै विएण्डबी अस्पताल भर्ना गरिएको यमीकी छोरी मानुषीले बताइन् ।

मानुषीका अनुसार हिसिलाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । बाहिरी चोट देखिएको छैन । हिसिला सवार स्कुटर उनकै सहयोगी एक युवतीले चलाएकी थिइन् । प्रहरीले ठक्कर दिने मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ । तर ट्राफिक प्रहरीले यमीलाई ठक्कर दिने मोटरसाइकलको नम्बर खुलाउन चाहेको छैन ।

यसैबीच समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पत्नी हिसिलासहितको तस्वीर सामाजिक सञ्जाल फेसबुकमा राखेर स्वास्थ्यलाभको कामना गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप