बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

उज्वेकिस्तानसँग हार्‍यो नेपाल

सोमबार, २३ भदौ २०७६, १४ : ३४
सोमबार, २३ भदौ २०७६

काठमाडौं– किर्गिस्तानमा जारी नादेझ्दा कप महिला फुटबलको दोस्रो खेलमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ । सोमबार भएको खेलमा नेपाल उज्वेकिस्तानसँग २–० ले पराजित भयो ।

नेपालको हारसँगै फाइनल प्रवेशको ढोका सबै टोलीका लागि खुला भएको छ । नेपालले पहिलो र दोस्रो हाफमा एक एक गोल खाएको थियो ।  १४औं मिनेटमा नेपालकी कप्तान निरु थापा विपक्षीसँग ठोकिएर चोट बोक्दै बाहिरिएपछि नेपाल दबाबमा परेको थियो ।

चार टोली सहभागी प्रतियोगिताको पहिलो खेलमा नेपालले आयोजक किर्गिस्तानलाई ८–२ गोलले हराएको थियो । नेपालले  मंगलबार ताजकिस्तानको सामना गर्नेछ । फाइनल पुग्न नेपाललाई मंगलबारको खेल जित्नै पर्ने बाध्यता छ । आजै अर्को खेलमा किर्गिस्तान र ताजकिस्तान भीड्नेछन् । उज्वेकिस्तानले लगातार दोस्रो जितसँगै फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । पहिलो खेलमा उज्वेकिस्तानले ताजकिस्तानलाई १२–० गोलले हराएको थियो ।

लिग कम नकआउटका आधारमा सञ्चालित प्रतियोगितामा शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् । फाइनल खेल बिहीबार हुनेछ । अन्तिम दुई टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । नेपालले १३औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीका लागि नादेझ्दा कपमा सहभागिता जनाएको हो 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप