शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रभु बैंकको कालाबञ्जर शाखा कार्यालय सञ्चालन

सोमबार, २३ भदौ २०७६, १६ : ११
सोमबार, २३ भदौ २०७६

काठमाडौं–प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका वडा नं. ०५ स्थित कालाबञ्जरमा आफ्नो १९५ औं शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । 

बैंकको कालाबञ्जर शाखा कार्यालयको  उद्घाटन बराहक्षेत्र नगरपालिकाका नगरप्रमुख निलम खनालले गरे । 

कार्यक्रममा नगरप्रमुख निलम खनालले बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको तथा प्रभु बैंकको यो अभियानले बैंकिङ्ग पहुँचमा वृद्धि भएको बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप