प्रधानमन्त्री ओली र चिनियाँ विदेशमन्त्री यीबीच भेटवार्ता
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ । समकक्षी प्रदीपकुमार ज्ञवालीसँग भेटवार्ता गरेलगत्तै मन्त्री यीले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा द्धिपक्षीय सम्बन्धका विषयमा छलफल भएको बताइएको छ । प्रधानमन्त्री ओली र चिनियाँ विदेशमन्त्री यीबीच भेटवार्ता हुनुअघि राजधानीको याक एण्ड यति होटलमा दुई मन्त्रीबीच औपचारिक भेटवार्ता भएको थियो ।
भेटका क्रममा दुई पक्षीय हित, आपसी सम्बन्ध र चासोका विषयमा छलफल भएको बताइएको छ । सोही क्रममा नेपाल र चीनबीच विभिन्न ३ वटा समझदारीपत्रमा हस्ताक्षर समेत भएको छ ।
जसअनुसार मनाङमा चीनले ३५ करोड रुपैयाँ सहयोगमा अस्पताल बनाउने, आपतकालीन राहतका लागि ३ हजार टेन्ट उपलब्ध गराउने, चिनियाँ स्वयं सेवक शिक्षकहरु नेपाल आउनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । आजै चिनियाँ विदेशमन्त्रीको सम्मानमा परराष्ट्रमन्त्री ज्ञवालीले रात्रिभोजको आयोजना गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१६औँ पञ्चवर्षीय योजनाको रणनीति : प्रतिव्यक्ति आय २४१३ अमेरिकी डलर पुर्याउने !
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद
-
क्रान्तिकारी कम्युनिस्ट र मशालबिच पार्टी एकता हुने
-
हङ्कङ र काठमाडौँमा प्रदर्शन हुँदै फिल्म ‘युक्पुङ’
-
पूर्वमन्त्री आलमलाई जन्मकैदको फैसला
-
टोपबहादुरसहित ७ जनालाई थुनामै राख्ने सर्वोच्चको आदेशमा के छ ? (आदेशसहित)