सनराइज फर्स्ट म्युचुअल फण्डले दश करोड म्युचुअल फण्ड इकाई बिक्री गर्ने, पायो बोर्डको अनुमति
सोमबार, २३ भदौ २०७६, १९ : १८
काठमाडौं–सनराइज बैंक लिमिटेडद्वारा स्थापित सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने ‘सनराइज फर्स्ट म्युचुअल फण्ड’ योजनाले एक अर्ब रुपैयाँ बराबरको सामुहिक लगानी कोष (म्युचअल फण्ड) योजनाका इकाईहरु बिक्रीमा ल्याउने भएको छ ।
नेपाल धितोपत्र बोर्डले आज मिति २०७६/०५/२३ गते संस्थालाई सो मात्राको फण्ड जारी गर्न अनुमति दिएको हो । कोष सुपरिवेक्षकहरुमा श्री चण्डी प्रसाद श्रेष्ठ, श्री कृष्ण बहादुर मानन्धर, श्री बुद्धि प्रसाद आचार्य, प्राध्यापक पूर्ण मान शाक्य र सि.ए. सुधिर कुमार शर्मा रहनु भएको छ ।
बोर्डको अनुमति पाएसँगै संस्थाले कोष व्यवस्थापक सनराइज क्यापिटल मार्फत अंकित मूल्य १० रुपैयाँको १० करोड इकाई बिक्री गर्न लागेको कम्पनीको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान