शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

चन्द्रयान २ः के मोदीले क्यामरा देखेर इसरो प्रमुखलाई सान्त्वना दिए ? यस्तो छ वास्तविकता

मङ्गलबार, २४ भदौ २०७६, ०९ : १०
मङ्गलबार, २४ भदौ २०७६

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र इसरो प्रमुख के. सिवनको एउटा भिडियो सोसल मिडियामा हालै सेयर गरिएको छ । फोटो सेयर गर्दै दाबी गरिएको छ – ‘सिवनले जब मोदीलाई विक्रम ल्याण्डर हराएको सूचना दिए न त उनले अँगालो हाले न नै सान्त्वना दिए तर क्यामराको अगाडि आएपछि उनीहरु रोइ–कराइ गर्न थालेका हुन् ।’

 २७ सेकेन्डको उक्त भिडियो फेसबुक र ह्वाट्सएपका ठूला ग्रुपमा सेयर गरिएका छन् ।

भिडियोको पहिलो हिस्सामा मोदीले सूचना पाएपछि सिवनलाई केही भनेर आफ्नो ठाउँमा गएर बसेको देखिन्छन् । जबकी दोस्रो भागमा उनी सिवनलाई आफ्नो छातीमा टाँसेर उनको पिठ्युँ थप्थपाइरहेको देख्न सकिन्छ ।

सोसल मिडियामा जसले उक्त भाइरल भिडियो सेयर गरे उनीहरुले लेखेका छन्, ‘मिडिया र क्यामरा वरिपरि नभएकाले मोदीले सुरुमा सिवनलाई फिर्ता पठाएका थिए तर कपडा फेरेपछि र क्यामराको उपस्थितीमा उनले सिवनलाई अँगालो हालेर सान्त्वना दिए ।’

SM VIRAL POST

तर बीबीसीले आफ्नो अनुसन्धानमा उक्त दाबी भ्रामक भएको र भाइरल भिडियोलाई दुरदर्शन न्यूजको प्रत्यक्ष प्रशारणका दुई फरक दृश्यलाई जोडेर बनाएको पत्ता लगाएको छ ।

दुरदर्शन न्यूजको पूरा लाइभ प्रशारण देखेपछि थाहा हुन्छ कि मोदीले दुबै भेटमा इसरो प्रमखु र उनको समूहका वैज्ञानिकलाई हिम्मत दिएका थिए ।

GETTY IMAGES

हिलो हिस्सा र वास्तविकताः

भाइरल भिडियोको पहिलो हिस्सामा देखिए अनुसार मोदीले विक्रम ल्याण्डरको सूचना पाएपछि सिवनलाई केही भन्छन् र गएर आफ्नो स्थानमा बस्छन् । यो ६ र ७ सेप्टेम्बर सन् २०१९ को राती करिब साढे एक बजेको घटना हो ।

जबकी १ बजेर ४५ मिनेटमा इसरो प्रमुख के. सिवनले बेंगलुरुको इसरो सेन्टरबाट विक्रम ल्याण्डरसँग सम्पर्क टुटेको पहिलो औपचारिक घोषणा गरेका थिए ।

सिवनले औपचारिक घोषणा अघि निर्धारित प्रोटोकल अनुसार मोदीलाई यसको सूचना दिएका थिए ।

जतिबेला सिवनले मोदीलाई विक्रम ल्याण्डरसँग इसरो सेन्टरको सम्पर्क टुटेको बताए त्यतिबेला दुरदर्शन न्यूजका क्यामरापर्सनले उनलाई घेरेका थिए र त्यसको प्रत्यक्ष प्रसारण भइरहेको थियो ।

भारतको सरकारी न्यूज च्यानल दुरदर्शनले राती साढे १२ बजे इसरो सेन्टरबाट प्रत्यक्ष प्रसारण सुरु गरेका थिए । डिडी न्यूजको फुटेज अनुसार प्रत्यक्ष प्रसारण सुरु भएको २३ मिनेटपछि मोदी ‘मिसन अपरेशन कम्प्लेक्स’ प्रवेश गरेका थिए ।

TWITTER

विक्रम ल्याण्डर चन्द्रमाको सतहमा उत्रने कार्यक्रम ५१ औं मिनेट (राती करिब सवा एक बजे) सम्म आफ्नो निर्धारित तालिकामा चलिरहेको थियो । तर हेर्दा हेर्दै इसरो सेन्टरमा सन्नाटा छायो ।

५३ औं मिनेटमा चन्द्रयान–२ मिशनकी निर्देशक रितु करिदालको आवाज इसरो सेन्टरको ठूलो स्पिकरमा सुनियो जसले विक्रम ल्याण्डरबाट केही प्रतिक्रिया पाउन नसकेको बताइरहेकी थिइन् । केही मिनेटपछि इसरो प्रमुखले यसको औपचारक घोषणा गरे ।

त्यसपछि मोदी पहिलो तल्लामा रहेको आफ्नो कक्षबाट कन्ट्रोल सेन्टरमा आए र उनले इसरो प्रमुखसमेत सबै वैज्ञानिकलाई सम्बोधन गरे ।

TWITTER

इसरो चीफ के सिवनको काँधमा थप्थपाउँदै उनले भने, ‘हौसला बढाइराख्नुहोस् ।’

मोदीले थपे, ‘जीवनमा उतार चढाव आइरहन्छन् । आज जुन तपाईंहरुले गर्नुभएको छ, त्यो सानो काम होइन । मेरो तर्फबाट तपाईंहरुलाई बधाई छ । तपाईंहरुले आफ्नो देश, विज्ञान र मानव जातीको उत्कृष्ट सेवा गर्नुभएको छ । यसबाट पनि हामीले केही सिकिरहेका छौं । हाम्रो यात्रा यसपछि पनि जारी रहनेछ । म पूर्ण रुपमा तपाईंहरुको साथमा छु । हिम्मतका साथ अघि बढ्नुहोस् ।’

त्यसपछि उनले स्कूलका छात्राहरुलाई भेटे र त्यसपछि इसरो सेन्टरबाट निस्किए ।

DD NEWS

भाइरल भिडियोको दोस्रो भागः

सेप्टेम्बर ७ २०१९ को बिहान ७ बजेर पाँच मिनेटमा मोदीले एक ट्वीट गरेर उनले ८ बजे बेंगलुरुको इसरो सेन्टरमा वैज्ञानिकलाई भेट्न लागेको जानकारी दिएका थिए ।

७ बजेर २० मिनेटमा उनी इसरो सेन्टर पुगे र इसरोका अध्यक्ष के सिवनले उनलाई स्वागत गरे ।

यो मौकामाअ इसरो सेन्टरको ‘मिशन अपरेशन कम्प्लेक्स’ मा मोदीले करिब २० मिनेट लामो भाषण दिए जसमा उनले वैज्ञानिकको जीवन र विज्ञानको महत्वबारे कुराकानी गरे ।

आफ्नो सम्बोधनमा मोदीले भनेका थिए, ‘भारतीय वैज्ञानिक ती व्यक्ति हुन् जो माता भारतीको जीतका लागि बाँच्छन् । मैले हिजो राती तपाईंहरुको मनस्थिती बुझ्न सकेको थिएँ । तपाईंको आँखाले धेरै कुरा बताइरहेको थियो । तपाईंहरुको अनुहारको उदासी मैले पढ्न सकिरहेको थिएँ । त्यसकारण हिजो राती म तपाईंहरुसँग धेरैबेर बसिनँ । तर मैले सोचेँ कि बिहान तपाईंहरुलाई पुनः एकपटक भेटेर कुराकानी गरौं ।’

यतिबेला इसरो प्रमखु मोदीको नजिकै उचिएका थिए ।

DD NEWS

भाषण पूरा भएपछि इसरो प्रमुखले मोदीलाई समूहका सबै वैज्ञानिकलाई भेट गराए र करिब सवा आठ बजे मोदी इसरो सेन्टरबाट बाहिरिए ।

दूरदर्शन न्यूजमा यो पूरा कार्यक्रम प्रत्यक्ष प्रसारण भइरहेको थियो जसमा ‘मिशन अपरेशन कम्प्लेक्स’ को गेटमा पुगेर मोदी फर्कन्छन् र के सिवनबारे सोध्छन् । तब भावुक के सिवनले उनलाई केही भन्छन् त्यसपछि मोदीले उनलाई अँगालो हाल्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप