शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्ड र चिनियाँ विदेशमन्त्रीबीच राष्ट्रपति सीको नेपाल भ्रमणबारे छलफल

मङ्गलबार, २४ भदौ २०७६, ११ : ०५
मङ्गलबार, २४ भदौ २०७६

काठमाडौं–नेकपा अध्यक्ष प्रचण्ड र  नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी बीच मंगलबार बिहान भेटवार्ता भएको छ । 

भेटमा दुई पक्षीय हित, आपसी चासो र चिनियाँ राष्ट्रपति सी जीङपीङको नेपाल भ्रमणलगायतबारे छलफल भएको बताइएको छ । 

भेटपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रचण्डले वाङसँग दुई देशबीचको मित्रतापूर्ण सम्बन्धलाई थप सुदृद्ध बनाउने विषयमा छलफल केन्द्रीत रहेको जानकारी दिए ।

यस्तै नेपालको आर्थिक विकासको प्रयासमा चीनबाट हुने सहयोग र अपेक्षाका सँगसँगै दुई सहरकारकाबीचमा विगतमा भएको सहकार्य र सहयोगलाई थप विस्तार गर्नेबारे पनि छलफल भएको प्रचण्डले बताए । 

यस्तै चिनियाँ राष्ट्रपतिको पिङको आसन्न नेपाल भ्रमणबारे पनि विचारविमर्श भएको भन्दै प्रचण्डले भेट सकारात्मक र उत्साहप्रद रहेको प्रतिक्रिया दिए ।  

आजको छलफलबाट दुई देशबीचको सम्बन्ध थप उचाईमा पुग्ने प्रचण्डले विस्वास व्यक्त गरे । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप