बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

‘लभ डायरिज’ अब छठमा रिलिज

मङ्गलबार, २४ भदौ २०७६, ११ : ४३
मङ्गलबार, २४ भदौ २०७६

काठमाडौं – अभिनेता सुशील श्रेष्ठ र अभिनेत्री रुविना थापाको रोमान्स रहेको फिल्म ‘लभ डायरिज’ १५ कार्तिक देखि प्रदर्शनमा आउने भएको छ । असोज ३ गते रिलिज डेट तोकेर प्रचार प्रसार समेत थालिएको फिल्म राम्रो डेट पाएको भन्दै सारिएको हो ।
छठ पर्वको बिदालाई लक्षित गर्दै फिल्म १५ कार्तिमा आउन लागेको हो । फिल्म सौरभ चौधरीले निर्देशन गरेका हुन् । फिल्मले केही पहिले एक गीत सार्वजनिक गरेको थियो । भिजिट नेपाल २०२० लाई प्रमोट गर्ने खालको उक्त गीत दर्शकले रुचाएका छन् । 
प्रेमकथाको बिषयमा निर्माण भएको फिल्ममा सुशिल र रुबिनाको अलवा विश्वजित रिमालको पनि मुख्य भूमिका छ ।
मधु बास्तोलाको कथा, पटकथा, साहिल खानको सम्पादन रहेको फिल्मको निर्माता विनोद सापकोटा र सह निर्माता सरोज तुलाधर हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप