शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काँग्रेस सभापति देउवा र चिनियाँ विदेशमन्त्री यीबीच भेटवार्ता

मङ्गलबार, २४ भदौ २०७६, ११ : ४९
मङ्गलबार, २४ भदौ २०७६

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेपालको तीन दिने औपचारिक  भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ ।

देउवा र वाङबीच मंगलबार बिहान भेटवार्ता भएको देउवाका स्वकीय सचिव भानु देउवाले रातोपाटीलाई जानकारी दिए । चिनियाँ विदेशमन्त्री यीलाई भेट्न सभापति देउवा नक्सालस्थित होटल मेरिना पुगेका थिए । 

भेटमा नेपाल–चीन सम्बन्ध, विकास साझेदारी र चीनको आर्थिक सहयोगमा सञ्चालित नेपाली परियोजनालगायतका विषयमा छलफल भएको भानुले जानकारी दिए । 

आइतबार साँझ काठमाडौं आइपुगेका विदेशमन्त्री यीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष प्रचण्डलगायतसँग पनि भेटवार्ता गरेका छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप