बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘सुशासन बाबु’ को शासनमा बिहारमा पुनः ‘जङ्गलराज’

मङ्गलबार, २४ भदौ २०७६, १२ : २२
मङ्गलबार, २४ भदौ २०७६

द वायर/उमेश कुमार राय

‘तपाईंजस्तो बकवास गर्न हामी सक्दैनौँ । अपराधीलाई कसरी सुखद समय आएको छ ? पहिले बिहारमा के हुन्थ्यो तपाईंलाई थाहा छैन ? चालीस–चालीस, पचास–पचास मानिसको नरसंहार हुन्थ्यो । राती कोही सडकमा हिँड्न सक्दैनथे । अहिले त एउटामात्र घटना भएको हो । कायरहरुले गोली हानेका हुन् । गोली त अरु ठाँउमा पनि चल्छ । यो जो कसैले हान्न सक्ने कुरा हो । डीजीपी एक्लै हुँदा उसलाई पनि गोली हान्न सकिने कुरा हो । यसैलाई अपराधीको सिजन आएको भन्ने ?’

बिहार प्रदेशका प्रहरी प्रमुख डीजीपी गुप्तेश्वर पाण्डेयले भनेको कुरा हो यो ।  दुई हप्ता पहिले विहारको सुरक्षा व्यवस्थाबारे एक जना पत्रकारले प्रश्न गर्दा आक्रोशित मुद्रामा डीजीपी पाण्डेयले माथिको अभिव्यक्ति दिए ।

पत्रकारले प्रश्न गर्दा डीजीपी बिहारको छपरामा अपराधीहरुले हानेको गोली लागेर निधन भएका एक प्रहरीको परिवारलाई सान्तवना दिन पुगेका थिए ।

प्रहरी कर्मचारीको हत्या भएको केही दिनअघि छपरामै एक नाबालिग छात्रालाई पाँच जनाको युवकहरुले गाडीमा जबरजस्ती नियन्त्रणमा लिएर सामुहिक बलात्कार गरेका थिए ।

पछि बलात्कारीले छात्रालाई सकड किनारमा फ्याँकिदिएका थिए । रगत लत्पतिएको अवस्थामा छात्रा जसोतसो आफ्नो घर पुगिन् । त्यसपछि परिवारजनले उनलाई अस्पतालमा भर्ना गराए । अहिले उनको अवस्था सुधारोन्मुख छ । 

त्यस घटनाअघि पनि अगष्त ४ मा पश्चिमी चम्पारणको रामनगर प्रखण्डको एक गाउँमा खेतमा शौच गर्न गएकी १६ वर्षकी किशोरीको शव भेटिएको थियो । उनको शरिरमा एसिड खनाइएको अवस्थामा पाइएको थियो ।

यति मात्र होइन, उसको कपडा पनि च्यात्तिएको थियो र संवेदनशील अंगमा ब्लेडले चोट पु-याइएको पाएको थियो ।

*****

‘सुशासन बाबु’ नामले कहलिएका बिहारका मुख्यमन्त्री नीतिश कुमारको शासनमा जवान हुँदै गएको छोरीलाई लिएर एक बाबुको यस डरले बिहारको कानून व्यवस्थामाथि प्रश्न चिन्ह लगाएको छ ।

*****

किशोरीको घरमा शौचालय नभएको कारण उनलाई शौचको लागि नजिककै खेतमा जानुपथ्र्यो । उनले कक्षा पाँचसम्म अध्ययन गरेकी थिइन् । त्यसपछिको पठनका लागि उनलाई घरभन्दा दुई किमी टाढा बजारमा रहेको विद्यालयमा जानुपथ्र्यो । त्यही भएर परिवारले उनको शिक्षा बीचैमा रोकिदियो । 

मृतक युवतीका ४० वर्षीया पिताले भने ,‘समय खराब छ । स्कुल पढ्न जाँदा केही होला भनेर हामीले उसको पढाइ बन्द गरिदिएका थियौँ । ऊ धेरैजसो घरमै बस्थी ।’

‘सुशासन बाबु’ नामले कहलिएका बिहारका मुख्यमन्त्री नीतिश कुमारको शासनमा जवान हुँदै गएको छोरीलाई लिएर एक बाबुको यस डरले बिहारको कानून व्यवस्थामाथि प्रश्न चिन्ह लगाएको छ ।

किशोरीको परिवारजनले हत्या अघि उनको बलात्कार भएको आशंका गरेको छ । तथापि रामनगरका एसडीपीओ अर्जुन लालले बलात्कारको घटनालाई अस्वीकार गरेका छन् ।

उनले युवतीको हत्या भएको र पक्राउ परेका दुवै अरोपीले आफ्नो अपराधलाई स्वीकार गरेको बताए । पोष्टमार्टम रिपोर्टमा पनि युवतीको बलात्कार नभएको देखिएको लालले बताए ।

*****

रोचक कुरा के छ भने यो घटना भएको दुई हप्ताभन्दा बढी समयसम्म प्रहरीलाई जानकारी नै थिएन । जब यो कुरा पछि मिडियामा फैलियो तब प्रहरी निन्द्राबाट जाग्यो र आधा दर्जनभन्दा बढी मानिसलाई गिरफ्तार गर्यो ।

*****

यो घटनाको तीन दिनपछि मात्र कटिहार जिल्लाको अमदाबाद थाना क्षेत्रमा पर्ने दियारामा दुई नाबालिग दिदीबहिनीको सामूहिक बलात्कार भएको र त्यसपछि तिनको अमानवीय हिसाबबाट हत्या भएको खबर आयो ।

प्रहरीका अनुसार तिनको शरीरमा चोटको निशानी थियो । हत्यापछि तिनका शरीरमा पनि एसिड हालिएको र योनाङ्गमा चोट थियो ।

भारतको स्वतन्त्रता दिवसको एक दिनअघि गया शहरमा एक बालिकाको सामुहिक बलात्कार भयो । जब उनी न्याय माग्नको लागि पञ्चायत पुगिन्, तब न्याय दिनुको साटो उल्टो पञ्चायतले उनको शिर मुन्डन गरेर गाउँ घुमाइयो ।

रोचक कुरा के छ भने यो घटना भएको दुई हप्ताभन्दा बढी समयसम्म प्रहरीलाई जानकारी नै थिएन । जब यो कुरा पछि मिडियामा फैलियो तब प्रहरी निन्द्राबाट जाग्यो र आधा दर्जनभन्दा बढी मानिसलाई गिरफ्तार गर्यो ।

पछिल्लो महिनाको अन्तिम हप्तामा सुपौलमा एक जना ११ वर्षको बालिकाको बलात्कार भयो । जब यो घटना प्रहरी समक्ष पुग्यो तब प्रहरीले दोषीलाई कारबाही गर्नुको साटो उक्त मामिलाको फैसला गर्ने जिम्मा पञ्चायतलाई दियो ।

खबर अनुसार पञ्चहरुले आरोपितलाई पाँच लाख भारुको जरिवाना र ११ चप्पल सजाय दिएर मुद्दा सल्टाइदियो ।

पछिल्लो एक महिनामा भएको बलात्कारको घटनाका यी केही उदारण मात्र हुन् । बिहार राज्य महिला आयोगले पनि राज्यमा पछिल्लो समय महिलाविरुद्ध अपराध बढेको स्वीकार गरेको छ ।

आयोगकी अध्यक्ष दिलमणि मिश्राले यसबारे बोल्दै भने, ‘राज्यमा यस प्रकारको घटनामा वृद्धि भएको साँचो हो र अपराधीमा कानुन व्यवस्थाको डर अन्त्य भएकोजस्तो देखिन्छ तर हामीले यी घटनाविरुद्ध तुरुन्त कारबाहीको माग उठाइरहेका छौँ ।’

बलात्कारका अतिरिक्त हत्या, लूटपाट र अपहरणको घटनामा पनि वृद्धि भएको छ । अगस्ट ३१ र सेप्टेम्बर १ का दुई दिनमै विहारका प्रमुखस्थान पटना, समस्तीपुर, गोपालगञ्ज, सहरसा, मधुबनी, सीवान, मोतिहारी, गया, आरा र भागलपुरमा हत्याका १० घटना भए ।

पछिल्लो समय कयैन हत्या फिरौतीको लागि पनि भइरहेका छ । भीडबाट हुने कुटपिट हरेक दिनजस्तो देखिन्छ ।

*****

यही वर्ष जुनमा भाजपा सांसद रमादेवीले नीतिश कुमारमाथि निशाना साध्दै भनेकी थिइन्, ‘आम सर्वसाधरणलाई कसरी सुरक्षा दिनुपर्छ भनेर उनलाई (नीतिश कुमार) थाहा छैन । म पनि सहमत छु कि सबैलाई सुरक्षा दिन सकिँदैन । तर सरकारले प्रयाप्त प्रयास गर्न सकेको छैन । ’

 

*****

यिनै घटनालाई ख्याल गरेर डीजीपीलाई पुरानो समयको (लालु प्रसाद यादवको सरकारको समय जब बिहारमा जंगलराज रहेको बताइन्थ्यो) ख्याल गराइएको थियो । यसले प्रहरी प्रशासनको लाचारीलाई उजागर गर्छ ।

बिहारमा शान्ति सुरक्षाको अवस्था के छ र प्रहरी कसरी काम गरिरहेको छ भन्ने सम्झनको लागि केही दिन पहिले भएको एउटा घटनालाई सम्झनामा राख्नु आवश्यक छ ।

पछिल्लो महिना राज्यको ५०० भन्दा बढी प्रहरी कर्मचारीलाई थानामा आफ्नो ड्यूटी राम्ररी नगरेको कारण बर्खास्त गरिएको थियो । 

प्रहरी सुत्रका अनुसार रक्सी सेवनमाथिको बन्देज नियन्त्रणलाई कडाइका साथ लागु नगरेकोमा, विभागीय जिम्मेवारी पालना नगरेको, महिलासँग दुरव्यवहार गरेको, भ्रष्टाचार आदी आरोपमा तिनीहरुमाथि कारबाही भएको थियो ।

बिहार प्रहरीको गुप्चतर संयन्त्र यति कमजोर छ कि केही दिन पहिले राज्यको डीजीपी गुप्तेश्वर पाण्डेयले आफ्नो ह्वाट्सएप नम्बर सार्वजनिक गरेर आम सर्वसाधरणलाई आपराधिक गतिविधिको जानकारी दिन अपिल गर्नुपरेको थियो ।

स्टेट क्राइम रेकर्ड व्युरो (एससीआरबी)को तथ्याङ्कले पनि विहारमा आपराधिक घटना वृद्धि हुँदै गएको तस्विर देखाउँछ ।

एससीआरबीको तथ्याङ्कलाई मान्ने हो भने यो वर्ष जनवरीदेखि मेको बीच फिरौतीका १४ घटना भए । त्यस्तै हत्याका १,२७७ र बलात्कारका ६०५ घटना भइसकेको छन् ।

अघिल्लो वर्ष अर्थात सन् २०१८ मा हत्याको २९३३, बलात्कारको १४७५ र अपहरणको १०,३१० घटना भएको थियो । त्यस्तै फिरौतीको लागि अपहरणका ४६ घटना दर्ता भएको थियो ।

ख्याल गर्नुपर्ने कुरा सन् २००५ को विधानसभा चुनावको समयमा शान्ति सुरक्षाको मुद्दा सबैभन्दा अह्म मुद्दा थियो । यही मुद्दाको बलमा बिहारमा एनडीएको सरकार बनेको थियो ।

नीतिश कुमारको सरकार बनेपछि शान्ति सुरक्षाको अवस्थामा उलेख्य सुधार पनि भयो । पछिका निर्वाचनमा नीतिश कुमारले यसैलाई देखाएर मत मागे र लगातार तेस्रो पटक बिहारमा सरकार बनाए । तर अहिले आएर बिहारमा संगठित अपराधको साथ साथै बलात्कार, भिडले गर्ने कुटपिटको घटना बढिरहेको छ ।

शान्ति सुरक्षाको स्थितिबारे राज्यमा नीतिशसँग सत्ता सहयात्री दल भाजपाले समेत प्रश्न उठाइसकेको छ ।

यही वर्ष जुनमा भाजपा सांसद रमादेवीले नीतिश कुमारमाथि निशाना साध्दै भनेकी थिइन्, ‘आम सर्वसाधरणलाई कसरी सुरक्षा दिनुपर्छ भनेर उनलाई (नीतिश कुमार) थाहा छैन । म पनि सहमत छु कि सबैलाई सुरक्षा दिन सकिँदैन । तर सरकारले प्रयाप्त प्रयास गर्न सकेको छैन । ’

‘राज्यमा सबैभन्दा बढी विवाद जमीनको मुद्दामा छ । सरकारको अधीन काम गर्ने सबै अधिकारीले तत्काल यी मुद्दा सुल्झायोस् ताकि मानिसहरु शान्तिसँग बस्न सकुन् ।’

यो मुद्दामा विपक्षी पार्टीले पनि निशाना साधेका छन् । राष्ट्रिय जनता दलका वरिष्ठ नेता शिवानन्द तिवारी भन्छन्, ‘डीजीपीले विगतको जुन नरसंहारको कुरा गर्नुभयो, त्यो समाजिक सत्ताको संघर्षको परिणाम थियो । अहिले जे भइरहेको छ त्यो विशुद्ध अपराध हो । फेरि हिजो अपराध हुन्थ्यो भनेर अहिलेको अपराधलाई ठीक भन्ने ? अहिले स–साना मुद्दामा हत्या भइरहेको छ । अपराधीमा प्रहरीको डर नै छैन । प्रहरी वर्दीको महत्त्व सकिएको छ ।’

जब कुनै राज्यमा आपराधिक घटनाहरु बढ्छ तब त्यहाँको व्यवसायी वर्गमा चिन्ता बढ्छ । यसले गर्दा व्यापार व्यवसायमै खतरा हुने डर पनि छ ।

विहारमा अपराधीक घटना वृद्धि भइरहँदा व्यवसायी पनि चिन्तामा परेका छन् । बिहार चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रिजका अध्यक्ष पीके अग्रवालले यसबारे भने, ‘मिडियामा आपराधिक घटनाको खबरहरु पढ्दा व्यवसायी वर्ग चिन्तित छ । ति आफ्नो डर व्यक्ति गर्न लागेका छन् ।’

के तिनले आफ्नो चिन्तालाई मुख्यमन्त्री नीतिश कुमारलाई अवगत गराएका छन् । यो प्रश्नमा उनले भने, ‘यो मुख्यमन्त्रीलाई थाहा नभएको कुरा होइन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप