बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

एसीसी अन्डर १९ एसिया कप : नेपालद्वारा युएईसामु २ सय ८६ रनको लक्ष्य प्रस्तुत

मङ्गलबार, २४ भदौ २०७६, १३ : २०
मङ्गलबार, २४ भदौ २०७६

काठमाडौँ । श्रीलंकामा जारी एसीसी अन्डर १९ एसिया कप क्रिकेटको तेस्रो खेलमा नेपालले युएईसामु जीतका लागि २ सय ८६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ८५ रन बनाएको हो ।

नेपालका लागि कप्तान रोहित कुमार पौडेलले सर्वाधिक ६७ रनको योगदान दिए । उनले यसक्रममा ८ चौका र १ छक्का हिर्काए । नेपालका दुवै ओपनर शुन्य रन बनाएर पभोलियन फर्केपछि उनले आशिफ शेखसँग ७१ रनको महत्त्वपूर्ण साझेदारी गर्दै नेपालको इनिङलाई सम्हाले ।

शेखले ५४ बलमा आठ चौकाको मद्दतले ४५ रनको योगदान दिए ।

खेलको अन्त्यतिर विस्फोटक ब्याटिङ गर्दै कमलसिंह ऐरीले नेपाललाई विशाल स्कोरतर्फ डोर्याए । उनले मात्र २५ बलमा ४१ रन बनाउँदा ५ चौका र २ छक्का हिर्काए । उनले रसिद खानसँग ७० रनको योगदान गरे । खानले ४४ रन बनाए ।

त्यस्तै, सन्दीप जोराले ४८ रनको महत्त्वपूर्ण योगदान दिए । उनले कप्तान पौडेलसँग मध्यक्रममा ८५ रनको साझेदारी गरे ।

समूह बीमा रहेको यसअघि बंगलादेश र श्रीलंकासँग पराजित भएको नेपाल प्रतियोगिताबाट बाहिरीसकेको छ । युएईले पनि अहिलेसम्म एक खेल जित्न सकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप