शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मेटलाईफको ग्राहक व्यतित बिमालेख पुनर्जागरण अभियान

मङ्गलबार, २४ भदौ २०७६, १३ : ४९
मङ्गलबार, २४ भदौ २०७६

काठमाडौं– मेटलाईफ नेपालले आफ्ना बिमितहरुका लागि पुनर्जागरण अभियान सञ्चालन गरेको छ । 

यस अभियानसँगै कम्पनीले व्यतित बिमालेखहरुको बक्यौता बिमा शुल्कमा लाग्ने विलम्ब शुल्कमा ५० प्रतिशतदेखि १०० प्रतिशतसम्म छुट प्रदान गरेको छ । 

सो अवधिभर बिमितहरुले आफनो व्यतित जीवन बिमालेखहरुलाई पुनर्जागरण गर्दा विलम्ब शुल्कमा ५० प्रतिशतदेखि १०० प्रतिशतसम्म छुट प्राप्त गरी जीवन बिमालाई निरन्तरता दिन सक्दछन् ।

व्यतित अवधि ५ वर्षभित्रका व्यतित बिमालेखहरुको हकमा कुनै पनि विलम्ब शुल्क लाग्ने छैन । व्यतित अवधि ५ वर्षभन्दा बढी भएको व्यतित बिमालेखमा विलम्ब शुल्कमा ५० प्रतिशत छुट हुनेछ । 

कम्पनीको विलम्ब शुल्क छुट 

तिन किस्ते भुक्तानी, इण्डोमेन्ट, शिक्षा संरक्षण र शुभविष्य बिमा आजिवन आय । यी बिमा योजनाहरुमा लागु हुनेछ । 

मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठ भन्छन्, ‘यो अभियान मेटलाईफको ग्राहकलाई व्यतित बिमालेख पुर्नजागरण गरी आफनो र आफनो परिवारलार्ई सुरक्षित राख्न सहयोग गर्नेछ । यसका साथै हामीले पुर्नजागरण प्रक्रियालाई सरलीकृत पनि गरेको छ ।’ 

यो अभियान मिति २०७६ भाद्र २४ गतेदेखि चालू भएर सिमित अवधिको लागि हुनेछ । 

मेटलाईफ इन्कको को सहायक संस्था, संयुक्त राज्य अमेरिकामा संस्थापित अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनीको शाखाको रुपमा सन् २००१ देखि नेपालमा संचालन भइरहेको छ । 

नेपालमा यसले आºना व्यक्तिगत तथा संस्थागत ग्राहकहरुलाई जीवन बिमा, दुर्घटना तथा स्वास्थ्य बीमा र सामुहिक बिमा जस्ता बिमा योजनाहरु उपलब्ध गराउदै आइरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप