शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

४ बर्षपछि रुपन्देहीमा फेरि देखियो कालाजार रोग

मङ्गलबार, २४ भदौ २०७६, १८ : ३०
मङ्गलबार, २४ भदौ २०७६

बुटवल– सरकारले पश्चिम तराईमा उन्मुलनको घोषणा गरेको कालजार रोगबाट रुपन्देहीमा एकजना बिरामीको मृत्यु भएको छ । लुम्बिनी प्रदेशिक अस्पताल बुटवलमा उपचार गराइरहेका कालाजारका बिरामीको मृत्यु भएको छ । पाल्पाको रैनादेवी छहरा गाउँपालिका बल्ढेङ्गगढकी जीवन रानाको मृत्यु भएको अस्पतालमा मेडिकल सुपरिटेन्डेट डा.कृष्ण खनालले बताए ।

रानाको शुरुमा भैरहवास्थित मेडिकल कलेजमा उपचार गर्दा कालजार रोग लागेको पत्ता लागेपछि लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याएको थियो । भुसुनाको टोकाईबाट हुने कालाजार रोगको उपचार यो क्षेत्रमा लुम्बिनी प्रादेशिक अस्पतालामा मात्र हुन्छ ।

डा. खनालका अनुसार कुनै बेला यो रोग तराईका क्षेत्रमा बसोबास गर्नेलाई हुने गर्दथ्यो । पछिल्लो समय उच्च हिमाली क्षेत्र र पहाडमा समेत देखिन थालेको छ । यो रोग लागेमा लगातार ज्वरो आउने गर्दछ भने कलेजोमा संक्रमण बढ्न गई पेट फुल्ने, कमजोरी महसुस हुने लगायत लक्षण देखिने गर्दछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप