मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

नाडा अटो शो २०१९ मा टीभीएस अपाचे आरटीआर १६० २भी रेस एडिसन सार्वजनिक

मङ्गलबार, २४ भदौ २०७६, १९ : २४
मङ्गलबार, २४ भदौ २०७६

काठमाडौं– टीभीएस मोटर कम्पनीले नेशनल अटोमोबाइल डिलर्स एशोसियसन (नाडा) अटो शो २०१९को अवसरमा उत्कृष्ट मोडल टीभीएस अपाचे आरटीआर १६० २भी रेस एडिसन सार्वजनिक गरेको छ ।

टीभीएस अपाचे आरटीआर १६० २भी रेस एडिसन टीभीएस रेसिङ परम्पराको गौरवमय ३७ वर्षको एक घनीभूत विश्वमै लोकप्रिय उपलब्धि हो र युवा पुस्ताहरुमा यसलाई लक्षित गरिएको छ । अभूतपूर्व रेसिङ डिकल्स, थ्रीडी लोगो, चमकदार रंगहरु एवं स्पिड मिटरको नवीन डायलले यो मोटरसाइकललाई एक स्टाइलिस ढाँचा प्रदान गरेको छ । 

यसैगरी उच्च ग्रिप टायरहरुका साथ पांग्रामा भएको नयाँ पिनस्ट्राइपहरु, डबल डिस्क ब्रेकहरु र एक शक्तिशाली इन्जिनले बाइक चालकलाई रेसिङ अनुभूतिमा कुनै सम्झौता नगरेरै बाइक चलाउने अनुभव प्रदान गर्दछ ।

समारोहमा सम्बोधन गर्दै टीभीएस मोटर कम्पनी अन्तर्राष्ट्रिय बिजनेशका कार्यकारी उपाध्यक्ष आर.दिलिपले भने, “हाम्रो ग्राहक आधारको एक महत्वपूर्ण हिस्सा युवा भएको हुँदा टीभीएस मोटर कम्पनीका लागि नेपाल एक संवेदनसील बजार हो भन्ने हामीले मान्दै आएका छौं । टीभीएस अपाचे आरटीआर १६० २भी रेस एडिसनले देशमा रहेका युवाहरुमाझ टीभीएस मोटरका उत्पादनहरु प्रति थप उत्साह जगाउने विश्वास हाम्रो रहेको छ । गहन रेसिङ परम्पराद्वारा समर्थन प्राप्त यो स्टाइलिस प्रिमियम मोटरसाइकलले नेपालका सबै बाइकिङ शौखिनहरुलाई आकर्षित गर्नेछ ।”

सोही अवसरमा जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवालले नेपालमा टीभीएस अपाचे आरटीआर १६० २भी रेस एडिसन भित्राउन पाएकोमा खुशी लागेको बताए । यो प्रिमियम ब्राण्डको बिक्री वितरण उत्कृष्ट बिक्री परामर्श र अत्याधुनिक बिक्रीपछिको सेवा एवं स्पेयर्स सपोर्ट मार्फत गरिने पनि उनले बताए । 

मोटरसाइकलको गुणलाई नियाल्दा टीभीएस अपाचे आरटीआर १६० २भी रेस एडिसनमा १५९.७ सीसीको सिंगल सिलिण्डर, ४ स्ट्रोक, एयर–कूल्ड इन्जिन जडान गरिएको छ । यसले ६५००(+ ३००) आरपीएममा १३.०३ एनएमको टर्कका साथ ८५०० आरपीएममा १५.१२ पिएसको अधिकतम शक्ति उत्सर्जन गर्दछ । 

यसका अतिरिक्त मोटरसाइकलले शक्ति र वजनको उत्कृष्ट अनुपात प्रदान गर्दछ तथा ५.१५ सेकेण्डमा ०–६० किमिप्रतिघण्टाको गति दिलाउँछ । एक शक्तिशाली इन्जिन र स्टाइलिस बनावटको जोडीले मोटरसाइकललाई सम्पूर्ण सबल प्याकेजको बनाएको छ ।  

टीभीएस अपाचे आरटीआर १६० २भी रेस एडिसन सबै टीभीएस जगदम्बा शोरुमहरुमा उपलब्ध हुनेछ । यसको हालको बजार मुल्य २ लाख ६४ हजार ९ सय रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप