शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

डेंगु रोगको अवस्थाबारे स्वास्थ्यमन्त्रीलाई जानकारी गराउन सांसदको माग

मङ्गलबार, २४ भदौ २०७६, १९ : ३८
मङ्गलबार, २४ भदौ २०७६

काठमाडौं– प्रतिनिधिसभाको बैठकमा सांसदले डेङ्गु रोगको प्रकोप रोक्न सरकारलाई आग्रह गरेका छन् । मंगलबारको संसद बैठकको शून्य बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद भीमसेनदास प्रधानले काठमाडौंमा डेङ्गु रोकथाम गर्न माग गरे । 

उनले इन्द्रजात्राको समय भएकोले डेङ्गु नियन्त्रण नभएर महामारीको अवस्था आउने बताए । डेङ्गु रोगका कारण धेरैले मृत्युवरण गरेको भन्दै सरकारले सचेतना कार्यक्रम पनि नगरेको र रोकथामको कार्यक्रम पनि नगरेको बताए । 

उनले भने– ‘यो कुनै पहिचान नभएको रोक त हैन नी, पहिलेदेखि थाहा पाएको रोग हो । वैज्ञानिक परीक्षणबाट पुष्टि नभएको रोक पनि हैन । यसको रोकथाम प्रभावकारी ढंगले सरकारले गर्नुप¥यो । अहिले काठमाडौंमा इन्द्रजात्रा आउन लाग्यो, यसले भोली कतै महामारीको रुप नलिएला भन्न सकिँदैन् । महामारी फैलियो भने धेरैको स्वास्थ्यमा प्रभाव पर्ने र सरकारलाई पनि जनस्वास्थ्यमा ख्याल नगरेको आरोप लाग्ने भएकोले सम्बन्धित मन्त्रीले यसको अवस्था के छ यसबारेमा जानकारी दिनुपर्छ ।’


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप