शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राजधानीको विषय फेरि उठान गर्नु नपर्ने गरी समाधान गरिन्छ : मुख्यमन्त्री

मङ्गलबार, २४ भदौ २०७६, २१ : १७
मङ्गलबार, २४ भदौ २०७६

हेटौँडा – प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको नाम र राजधानीको विषय अर्को पटकदेखि उठानै गर्नु नपर्ने गरी समाधान गरिने बताका छन् ।

प्रदेशसभामा आज प्रमुख प्रतिपक्षी दलका नेता इन्द्र बानियाँले उठाउनु भएको विषयवस्तुहरुको जवाफ दिँदै मुख्यमन्त्री पौडेलले उक्त प्रतिबद्धता जनाएका हुन् ।

प्रदेशसभामा जवाफ दिँदै मुख्यमन्त्री पौडेलले सरकारले सरकार सञ्चालनको अप्ठ्यारो चरण पार गरिसके र विकासको चरण प्रवेश गरेकाले प्रदेशले विकासमा फड्को मार्ने बताए । 

सरकारले प्राकृतिक विपद्मा परी ज्यान गुमाएका परिवारलाई प्रतिपरिवार रु एक लाख र घाइते भएकाहरुलाई सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गरेको र निजी अस्पतालमा उपचार गराउँदा रु २० हजारसम्म आर्थिक सहयोग उपलब्ध गराएको जानकारी दिए ।

जनधनको क्षति भएकाहरुलाई राहत उपलब्ध गराउने काम भइरहेको जानकारी दिँदै मुख्यमन्त्री पौडेलले बाढी, पहिरोका कारण अवरुद्ध भएका सडकहरु पुनः सञ्चालन गर्न प्रत्येक जिल्लालाई एक करोड रुपैयाँको दरले बजेट निकासा गरेको बताए  । 

डेङ्गु नियन्त्रणसम्बन्धी प्रश्नहरुको जवाफ दिँदै मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले प्रदेशका डेङ्गु सङ्क्रमण फैलिएका जिल्लाहरुमा नियन्त्रणका लागि काम गरिरहेको र आगामी कदमका बारेमा छलफल चलिरहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप