शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रदेश नं २ को नाम मिथिला–भोजपुरा : निधि

मङ्गलबार, २४ भदौ २०७६, २१ : ५८
मङ्गलबार, २४ भदौ २०७६

जनकपुर – नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रदेश नं २ नाम मिथिला–भोजपुरा हुनुपर्ने बताएका छन् । 

राष्ट्रिय जागरण अभियानअन्तर्गत दोस्रो चरणको कार्यक्रमको आज जनकपुरधाममा शुभारम्भ गर्दै उनले आगामी असोज ३ हुने संविधान दिवसलाई नेपाली काङ्ग्रेसले गौरवका रूपमा मनाउने र मधेशका मागका सन्दर्भमा संविधान संशोधनको पक्षमा वकालत गरिरहेको बताउए ।

अन्तरघात र गुटको मनोविज्ञान काङ्गे्रसको पराजयको कारण भएको बताउँदै उनले काङ्गे्रस–काङ्गे्रसबीच सम्पर्क, संवाद र सक्रियता, वैचारिक स्पष्टता, व्यक्तिभन्दा नीति र सिद्धान्तलाई प्राथमिकताको आवश्यकता औँल्याए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप