केन्द्रीय संस्करण

arrest

भवितव्य र ‘जारी’ मुद्धाका फरार ३ जना पक्राउ access_timeसाउन १८, २०७७

काठमाडौं । भवितव्य र ‘जारी’ मुद्धामा लामो सयमदेखी फरार ३ जनालाई प्रहरीले पक्रेको  छ । जिल्ला प्रहरी कार्यालय तनहुँले भवितव्य ज्यान मुद्धामा फरार व्यास नगरपालिका घर भएका सुर्य सुनार र रविन मगरलाई ५ वर्षपछि पक्रेको हो ।  पुनरावेदन अदालतले ०७२ मा ...

रुपन्देहीमा विप्लव समूहका जिल्ला इन्चार्जसहित १० कार्यकर्ता पक्राउ access_timeसाउन १६, २०७७

बुटवल । प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका रुपन्देही जिल्ला ईन्चार्जसहित १० कार्यकर्तालाई प्रहरीले  पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले उक्त पार्टीका रुपन्देही इन्चार्ज संगम पुनसहित १० जनालाई बुटवलबाट पक्राउ गरिएको जानकारी दिएको छ । उनीहरुलाई बुटवल उप...

पाल्पामा फरार ५ प्रतिवादी पक्राउ access_timeसाउन १५, २०७७

पाल्पा । पाल्पाका फरार रहेका ५ प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ । पाँच वर्षअघि देखि फरार रहेका प्रतिवादीलाई प्रहरीले बुधबार पाल्पाबाट पक्राउ गरिएको हो ।  पक्राउ पर्नेहरुमा पाल्पा तिनाउँ गाउँपालिका–२ का २६ वर्षीय दिपक लम्साल, तिनाउँ गापा–६ का ५...

कैलालीमा फरार अभियुक्त ९ वर्षपछि पक्राउ access_timeसाउन १५, २०७७

कैलाली । जबरजस्ती करणी मुद्दाका फरार अभियुक्तलाई ९ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरी फरार विस्रे चौधरीलाई प्रहरीले ९ वर्षपछि पक्राउ गरेको हो । २०६७ कार्तिक ४ गते कैलालीको भजनी नगरपालिका ९ बस्ने वर्ष ३४ का चौधरीले २६ वर्षीया महिलाल...

पाल्पामा फरार ५ अभियुक्त पक्राउ access_timeसाउन १५, २०७७

बुटवल । पाल्पा जिल्ला अदालतबाट दोषी ठहर भई फरार रहेका ५ जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न मुद्दामा कैद भुक्तान नगरी फरारको सूचिमा रहेका ५ जनालाई पक्राउ गरी जिल्ला अदालत पाल्पामा बुझाइएको  जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । प्रहरीकाअनुसा...

लागुऔषध मुद्दाका दोषी जेल चलान access_timeसाउन १४, २०७७

काठमाडौं । लागुऔषध मुद्दामा अदालतले दोषी ठहर गरेपछि फरार रहेका किरण ब्यान्जुलाई प्रहरीले पक्रेको छ । भक्तपुरको व्यासी घर भएका ब्याञ्जुलाई महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको टोलीले पक्रेको हो । लागु औषध मुद्धामा दोषी ठहर गरिएका उनलाई जिल्ला अदालत भक्तपुरको आदे...

कर्णालीमा फरार अभियुक्त पक्राउ access_timeसाउन १३, २०७७

सुर्खेत । प्रदेश प्रहरी कार्यालय सुर्खेत मातहतका विभिन्न जिल्ला प्रहरी कार्यालयले अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा मुद्दाका फरार अभियुक्तको खोजीकार्य तीव्र पारेका छन् । प्रदेश प्रहरीले पछिल्ला चार दिनयता सल्यान जिल्ला प्रहरी कार्यालयबाट मात्रै २७ जनालाई पक्राउ गरेको जनाएको...

लाइसेन्स बनाइदिन्छु भन्दै रकम असुलेपछि थानकोट प्रहरीको फन्दामा access_timeसाउन १२, २०७७

काठमाडौँ । महानगरीय प्रहरी बृत्त थानकोटको स्पेशल टाक्स फोर्सले घरमै बसी बसी लाइसेन्स बनाइदिने भन्दै ठगी गर्नेलाई पक्राउ गरेको छ ।  विशेष सूचना तथा निरन्तर निगरानी पश्चात प्रहरी टोलीले चन्द्रागिरी नगरपालिका– ३ थानकोट खरीबोटस्थित  सवारी चालक अनुमतिपत्र (...

दाङमा १५ किलो चरेशसहित ६ जना पक्राउ access_timeसाउन १२, २०७७

बुटवल । दाङको घोराही उपमहानगरपालिका १४ नयाँ बसपार्कबाट १५ किलो चरेशसहित ६ जना पक्राउ परेका छन्  । ५ नं.प्रदेश प्रहरी ब्युरोबाट खटिएको प्रहरी टोलीले नयाँ बसपार्कमा रहेको रोल्पा नुवागाउँ होटलबाट १५ के.जी. लागुऔषध चरेससहित ६ जनालाई नियन्त्रणमा लिएको हो । प्रह...

साढे ५ लाख घुस रकमसहित वन कार्यालयका प्रमुख अख्तियारको नियन्त्रणमा access_timeसाउन ९, २०७७

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले डिभिजन वन कार्यालय सुनसरीका प्रमुख रामबाबु साहलाई ५ लाख ५३ हजार नगदसहित पक्राउ गरेको छ । घुसबापत लिएको उक्त रकम लिएर सुनसरीबाट रौतहटतर्फ गइरहेका उनलाई इटहरीबाट खटिएको अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो । ...

बाँकेमा धमाधम पक्राउ पर्दै फरार अभियुक्त access_timeसाउन ९, २०७७

बाँके । बाँकेमा आपराधिक घटनामा संलग्न फरार प्रतिवादी धमाधम पक्राउ पर्न थालेका छन् । पछिल्लो एक महिनाभित्र जघन्य आपराधिक मुद्दामा फरारसहित लागुऔषध कारोवारमा संलग्न छ जनालाई पक्राउ गरी मुद्दा चलाइएको बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए ।   बाँके...

रौतहट र सर्लाहीमा चन्दा आतंक फैलाउने २ जना पक्राउ access_timeसाउन ८, २०७७

रौतहट । अपहरण तथा ज्यान मार्ने धम्कीसहित लाखौं रुपैया चन्दा माग्ने २ जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ । सर्लाहीदेखि रौतहटसम्मका ब्यापारी तथा शिक्षकलाई थर्काउँदै लाखौं रुपैया चन्दा माग्ने २ जना युुवकलाई ईलाका प्रहरी कार्यालय गरुडाको टोलीले पक्राउ गरेको हो । पक्राउ...

अपहरणको नाटक गरी होटलमा युवतीसँग बस्दै आएका व्यक्ति पक्राउ access_timeसाउन ७, २०७७

काठमाडौं । ऋण तिर्नबाट जोगिने उद्देश्यले आफू अपहरणमा परेको नाटक गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाका अनुसार गत असार २४ गते काठमाडौं महानगरपालिका–४, चुनदेवी बस्ने ३० वर्षीय शक्तिराज रेग्मी बेपत्ता भएका थिए । बिहा...

बैंकिङ र चोरी मुद्धामा फरार रहेका २ जना पक्राउ access_timeसाउन ५, २०७७

भक्तपुर । प्रहरीले विभिन्न मुद्धामा अदालतबाट दोषी ठहर भई फरार रहेका दुई जना पुरुषहरुलाई पक्राउ गरेको छ ।  महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी दिपक गिरीका अनुसार बैंकिङ कसुरको मुद्धामा फरार रहेका मधुराम प्रधानाङ्ग र चोरी मुद्धाका फरार सुमन भन्...

काभ्रेमा यात्रु बोक्ने एम्बुलेन्स चालक पक्राउ access_timeसाउन १, २०७७

काभ्रे । नक्कली बिरामी बनाएर यात्रु बोक्ने एम्बुलेन्स चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बा५च ८६३८ नम्बरको एम्बुलेन्सका चालक सर्लाहीको चन्द्र नगर गाउँपालिका–३ बबरगञ्जका ३५ वर्षका जुगतलाल महतो रहेको प्रहरीले जनाएको छ ।  जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका...

सिरहामा मेयरका छोरा ५ लाख घुससहित पक्राउ access_timeअसार ३१, २०७७

सिरहा । सिरहाको कल्याणपुर नगरपालिकाका मेयरका छोरासहित २ जनालाई ५ लाख घुससहित अख्तियारले नियन्त्रणमा लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले लहान २२ भोटियाटोल नजिककैको एक पेट्रोल पम्पबाट लेनदेन गरिरहेका मेयर सूर्यनाथ मण्डलका छोरा ३५ वर्षीय सन्तकुम...

विप्लवका कार्यकर्ता बनेर चन्दा माग्ने युवक पक्राउ access_timeअसार ३१, २०७७

घोराही । ज्यान मार्ने धम्की दिँदै ८ लाख ६५ हजार चन्दा माग्ने दूई युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ज्याला मजदुरीको काम गर्ने बबई गाउँपालिका वडा नं. ५ सिमगैरा निवासी २८ वर्षीय भास्कर वली र १९ वर्षीय केवल वली रहेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्र...

बलात्कारको आरोप लागेका सशस्त्र प्रहरीका एसएसपी पक्राउ access_timeअसार ३१, २०७७

काठमाडौं । बलात्कारको आरोप लागेका सशस्त्र प्रहरी बल नेपालका एसएसपी राजेन्द्र अधिकारी पक्राउ परेका छन् । नेपाल सशस्त्र प्रहरी बल नेपाल हुल तथा दंगा व्यवस्था तालिम शिक्षालय लामापाटन पोखरामा कार्यरत अधिकारीलाई कार्यालय नजिकैको जंगलबाट प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्...

गाउँपालिका कार्यालय तोडफोड गरेको आरोपमा १३ जना पक्राउ access_timeअसार ३१, २०७७

–रामहरि श्रेष्ठ ओखलढुंगा । एम्बुलेन्स दुर्घटनाको विषयलाई लिएर गाउँपालिकाको कार्यालय तोडफोड तथा कर्मचारीमाथि हातपात गरेको आरोपमा लिखु गाउँपालिकाका १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । गत असार ११ गते बिहान बिरामी बोक्न गएको एम्बुलेन्स दुर्घटनामा परी मृत्यु भएका ...

सप्तरीमा घुससहित एक कर्मचारी पक्राउ access_timeअसार ३०, २०७७

सप्तरी । सप्तरीमा एक कर्मचारी घुससहित रङ्गेहात पक्राउ परेका छन् । सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा भूमिसुधार तथा मालपोत कार्यालयका नायवसुब्बा कृष्णबल्लभ ठाकुरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले रंगेहात पक्राउ गरेको हो । ठाकुरलाई कार्यकक्षबाटै स...

Page 1 of 4