प्रेरक
तेनालीराम लिङ्गाचार्यको नाम भाइबहिनीहरूले पनि सुनेको हुनुपर्छ तर उनी को थिए र किन विश्वप्रसिद्ध भए भन्ने कुरा भने धेरैलाई थाहा नहुन सक्छ । सोह्रौँ शताब्दीको सुरुतिर दक्षिण भारतको थुमलुरु गाउँको तेलगु ब्राह्मण परिवारमा जन्मेका तेनालीरामको वास्तविक नाम रामकृष्ण शर्मा थिय...
ऋग्वेदीय ऐतरेय ब्राह्मण गन्थको वैदिक साहित्यमा उच्चतम स्थान छ । आत्मा र परामात्मा तथा जीवन र जगतलाई राम्ररी बुझाउन सक्ने यस ग्रन्थमा ४० अध्याय छ । यसै ग्रन्थको आरण्यक भागका केही अध्यायलाई ऐतरेयोपनिषद् भनिन्छ तर त्यही ग्रन्थका लेखक ऐतरेय भने सानामा मन्द बुद्धिका थिए । उनका बाबु...
१, बाबुआमाको सेवा र आज्ञा पालनभन्दा ठूलो धर्म अर्को हुँदैन । बरू सकिन्न र भ्याइन्न भने तीर्थ, ब्रत तथा यज्ञअनुष्ठान नगरे पनि हुन्छ तर बाबुआमाको सेवा भने गर्नै पर्छ । किनकि यी बिना ती सब निरर्थक हुन्छन् । महर्षि वाल्मीकि २, सानो कुरामा पनि इमान्दार हुन सक्नुपर्छ, सि...
‘जदौ महाराज !’ ‘भन् बिस्या ! किन आइस् ।’ ‘एउटा कुरा सोध्न्या मनसुवा थिया महाराज !’ ‘भन् न बिस्या ! के कुरा हो ।’ ‘सरकार चिन्तित भइस्या देख्याछु नि हो ?’ ‘हो, बिस्या ! ठीकै अनुमान लगा...
१, चाहे शासनसत्ताको कुरा गरौँ चाहे अरू नै कुनै काम लिङ्ग तथा वर्ण हेरेर भावना बनाउनुहुँदैन । अन्यथा सामाजिक वैमनस्यको स्थिति निम्तिन सक्छ । मात्र अवसर पाउनुपर्छ तोकिएको काम सम्पन्न गर्न सबै सक्षम छन्, गर्न सक्छन् । ल्पेटो २, घृणा र तिरस्कारबाट बच्न चाहनेले कठोर बोली र व...
एकपटक विश्वविख्यात वैज्ञानिक थोमस एल्वा एडिसन रेल गाडीबाट कतै जाँदै थिए । गाडी चलिरहेको थियो उनी कुनै पुरानो धार्मिक पुस्तक पढ्नमा व्यस्त । उनको तल्लीनता देखेर नजिकै बसेका सज्जनले सोधे– ‘महाशय ! देख्दैछु निकै पहिलेदेखि पढ्नमा तल्लीन हुनुहुन्छ, कुन पुस्त...
१, फोस्रो इज्जत, रवाफ र धाक लगाएर हिड्नु भनेको आफैँलाई ठग्नु हो । योभन्दा निन्दनीय काम अर्को हुँदैन । महाकवि लक्ष्मीप्रसाद देवकोटा २, जोजो मानिस असल छन् उनीहरूसँग असल व्यवहार गर्नुपर्छ । जोजो मानिस असल छैनन् उनीहरूसँग पनि असलै व्यवहार गर्नुपर्छ । ताकि असल कुरा सबै ठा...
महर्षि विश्वामित्रको नाम सबैले सुनेका छौँ । उनलाई कौशिक ऋषि पनि भनिन्छ । कुशिक कुलमा जन्मेकाले कौशिक भनिएको हो । उनी नेपालको भूमिपुत्रमा पनि पर्छन् । उनको जन्म पूर्वीनेपालको कुनै कुनामा भएको हो भन्ने आम बुझाइ छ । उनको आश्रम नजिककी नदीलाई कौशिकी भनिन्छ । कौशिकको आश्र...
१, पूर्वीय दर्शन कोरा दर्शन मात्र नभई जीवनदर्शन हो, जसबाट हामीले धेरै कुरा सोच्न र सिक्न सक्छौँ । मोहनचन्द्र अधिकारी २, परिवर्तन संसारको नियम हो, जहाँ जीवन र मृत्युसँगै खेलिरहेको हुन्छ । जसलाई हामी मृत्यु भन्छौँ त्यसैबाट जीवन सुरू भइरहेको हुन्छ, जसलाई जीवन भन्छ...
प्राय हामीलाई के लाग्छ भने आफूलाई सबैले राम्रो भनून्, सहयोग गरून्, सम्मान गरून्, माया, स्नेह र सद्भाव राखून् तर के बिर्सन्छौं भने अरूले त्यस्तो भनिदिन वा अरूबाट त्यस्तो व्यवहार पाउन आफूले पनि अरूप्रति गर्नुपर्ने व्यवहार त्यस्तै हुनुपर्छ । अरूबाट माया पाउन आफूले पनि अरूलाई माय...
१, धर्मको अर्थ धारण गर्नु हो । जुन शक्ति, सिद्धान्त, विचार र व्यवहारद्वारा सांसारिक गतिविधि धारण गरिन्छ वा सञ्चालिञत हुन्छ त्यही नै धर्म हो । त्यसैले धार्मिक हुनका लागि वा धर्म कमाउनका लागि मठ, मन्दिर, मदरसा वा चर्च जानैपर्छ भन्ने छैन । परहित वा परोपकार सम्बन्धी कार्यले नै ध...
१, सन्तोषभन्दा ठूलो सुख अर्को छैन । असन्तुष्ट मानि संसारभरीकै वैभव पाए पनि सुखी र आनन्दित हुन सक्दैन । एउटा पाएको हुन्न अर्को आवश्यकताको पहाड खडा भइसकेको हुन्छ तर सन्तोषीहरूका अवस्था बेग्लै छ । उनीहरू नरम पलङमा जुन आनन्द पाउँछन् सुकुल र गुन्द्रीमा पनि उति नै सुखी र आनन्द...
एकपटक विश्वप्रसिद्ध अमेरिकी शिक्षाविद् फ्रान्सिस बेलेन्ड पार्कर कुनै कार्यक्रममा गएको बेला एक भद्र महिलाले भनिन्– ‘महोदय ! तपाईँ शिक्षाविद् हुनुहुन्छ, देशविदेश घुम्नुभएको छ । अनुमति पाउँछु भने केही सोध्न चाहन्थेँ ?’ ‘लौ ! यो कुन ठूलो कुरा भय...
१, गलत तरिकाले प्राप्त उपलब्धिको नतीजा पनि गलत नै हुन्छ । यसबाट सुख खोज्नु भनेको मरुभूमिमा पानी खोज्नु जस्तै हो । जसरी बालुवाबाट बनेका पुलहरूले परेका बेला काम दिँदैनन् त्यसैगरी यस्ता उपलब्धि पनि कुनै काममा हुँदैनन्– कन्फ्युसियस २, मित्रता हमेसा समानतामा नै आ...
रुसी साहित्यकार लियो टाल्स्टोयको नाम नसुन्ने सायदै कोही होलान् । विश्वविख्यात यी साहित्यकार समाजसुधारको क्षेत्रमा पनि उत्तिकै परिचित छन् । दीनदुःखीलाई सहयोग गर्नु र बाटो बिराएकालाई सही बाटोमा हिँडाउनु उनको नियमित दिनचर्याजस्तै थियो । एकपटक कुनै गरीवले उनीसमक्ष अएर सहय...
१, यदि दृढ विश्वासको साथ निरन्तर कुनै चीजको चिन्तन गर्ने हो भने ढिलो चाँडो त्यो चीज अवश्य प्राप्त गर्न सकिन्छ । चाहे त्यो जस्तोसुकै दुर्लभ चीज किन नहोस् । श्रीमद्भगवत गीता २, कसैमाथि रिस वा ईष्र्या पालेर बस्नु भनेको अरूलाई हिर्काउन दन्दनाउँदो आगाको कोइला हत्केलामा लिएर...
खप्तड बाबाको नाम भाइबहिनीहरूले पनि सुनेको हुनुपर्छ । उनलाई कतै खप्तड स्वामी पनि भन्ने गरिएको पाइन्छ । उनको खास नाम चाहिँ परमहंस स्वामी सच्चिदानन्द सरस्वती हो, जुन दीक्षाप्राप्त गरेपछि प्राप्त भएको थियो । जीवनको पछिल्लो समय नेपालको खेचरादि पर्वत श्रृङ्गलामा पर्ने खप्त...
नेपालीमा एउटा भनाइ छ– ‘जस्तालाई तस्तै ... ।’ यस्तो भन्ने गरिएको भाइबहिनीहरूले पनि सुनेको हुनुपर्छ । नभए पनि बाबाआमा वा दाजुदिदीलाई सोधेर थाहा पाउन सकिन्छ । यसको अर्थ हो, जो जस्तो छ त्यस्तै व्यवहार गर्नुपर्छ । कतिपय धार्मिक ग्रन्थहरूमा पनि यस्तै उल्लेख ...
महान् विचारक सुकरात पश्चिमी दर्शनका जनक हुन् । ई.पू. ४६९ मा युनानको एथेन्स भन्ने स्थानमा जन्मेका सुकरातलाई आधुनिक सभ्यताको प्रवर्तकसमेत भन्ने गरिन्छ । उनीभन्दा पहिलेका शासक तथा धर्मगुरुहरू मानिसलाई मानिस भन्नसमेत हिचकिचाउँथे । समाजमा अन्धविश्वास र रुढीवाद व्याप्त थियो । द...
लालबहादुर शास्त्री स्वतन्त्र भारतको दोस्रा प्रधानमन्त्री थिए । शारीरिक दृष्टिले जति होचा थिए वैचारिक दृष्टिले त्यति नै उचा थिए उनी । २ अक्टुवर १९०४ मा भारत यूपीको मुगलसरायमा जन्मेका शास्त्रीजीको मृत्यु ११ जनवरी १९६६ मा रुसको तास्कन्दमा भएको थियो । उनी नेहरुको मृत्युपछि सन्...
१, जननी र जन्मभूमि स्वर्गभन्दा पनि प्यारो हुन्छ – महर्षि वाल्मीकि २, परोपकारभन्दा ठूलो पुण्य र परपीडनभन्दा ठूलो पाप अर्को हुँदैन – महर्षि वेदव्यास ३, कर्मयोगभन्दा ठूलो योग अर्को हुँदैन – भगवान् श्रीकृष्ण ४, त्यही व्यक्ति महान् बन्न सक्छ जसको विचार महा...
जिद्दु कृष्णमूर्ति प्रशिद्ध भारतीय दार्शनिक हुन् । सन् १८९५ मे १२ मा जन्मेर १९८६ फेब्रुवरी १७ मा दिवङ्गत भएका कृष्णमूर्ति जे. कृष्णमूर्तिको नामले परिचित छन् । विश्वप्रशिद्ध यी विचारक कुशल वक्ता र लेखक पनि हुन् । उनका शिक्षा तथा विचार मनलाई शिक्षित गराउने किसिमका हुन्छन् । उन...
एकलब्यको नाम भाइबहिनीहरूले पनि सुनेकै हुनुपर्छ । कतिलाई उनको गुरुभक्तिबारे पनि थाहा हुनसक्छ तर उनी को हुन् र कसरी प्रसिद्धि पाए भन्ने कुरा भने धेरैलाई थाहा नहुन सक्छ । यहाँ यसैबारे जानकारी दिन खोजिएको छ । प्रसङ्ग महाभारतको हो । एकदिन पाण्डवहरू गुरु द्रो...
एकपटक सिख धर्मगुरु गुरुनानक घुम्दै एउटा बस्तीमा पुगेका थिए । गाउँलेहरूले राम्रैसँग स्वागत सत्कार गरे तर फर्कने बेला उनले आशीर्वादको सट्टा तिमीहरूको बस्ती यति बढी उजाड होस् कि चाँडै नै अन्यत्र बासको खोजी गर्नु परोस् भनेर हिँडे । उनको कुरा सुनेर शिष्यहरू आश्चर्यमा परे तर ...
प्रसङ्ग कठोपनिषद्को हो । गौतम वंशीय महर्षि अरुणका छोरा उद्दालक ठूला ऋषि थिए । उनी नियमित यज्ञ–अनुष्ठानका माध्यमबाट देवताहरूदेखि पितृहरूसम्म र मनुष्यहरूदेखि पशुपक्षीहरूलाई समेत सन्तुष्ट पार्थे । उनले एक पटक विश्वजित नामक यज्ञ गरेका थिए । यज्ञमा दैनिक सयौँ गाई दा...