उपकारको फल उसैलाई प्राप्त हुन्छ, जसले गरेको छ । थाहा छैन कहिले हुन्छ, तत्कालै हुन पनि सक्छ निकैपछि हुन पनि सक्छ । हुन सक्छ अर्को जन्मसम्म पनि कुर्नुपर्ने हुन सक्छ तर प्राप्त हुन्छ जरुर । ...
गुरुले सायद गुत्थी फुकाउँछ क्यारे ! अर्थात् गुरुले गाँठो फुकाउँछ क्यारे ! त्यो समस्याको गुत्थी या गाँठो हुनसक्छ; त्यसलाई फुकाउँछ र न ऊ गुरु कहलाउँछ । समस्याको समाधान दिन्छ र...
प्रायः हामी भन्ने गर्छौँ समस्या ठूलै छ तर त्यो भन्ने कुरा मात्र हो । वास्तवमा समस्या यत्रै हुन्छ भन्ने नै हुँदैन । न उसको स्वरूप यस्तै हो भन्ने हुन्छ, न...
संसारमा सबै प्राणीको कुनै न कुनै विशेषता हुन्छ । विशेषता नभएको प्राणी प्रकृतिको सृष्टिमै छैन, प्रकृतिले सृष्टि गरेकै छैन । त्यसैले कसैले पनि आफ्नो विशेतालाई लिएर घमन्ड गर्नु पनि हुँदैन...
धेरै पहिलेको कुरा हो । कुनै गाउँमा एक जना नसरुद्दिन नामका सज्जन थिए । उनको हरेक क्रियाकलाप अनौठा किसिमका हुन्थे । स्वभाव अनौठो थियो व्यवहार उट्पट्याङ । उनको व्यवहार देखेर...
पैसा बचत गर्नु राम्रो हो । कमाइको केही प्रतिशत बचत गर्ने गर्ने बानी बसाउनुपर्छ, जसले परेको बेला काम दिन्छ तर बचत गर्ने तरिका भने मिलाउनुपर्छ । अन्यथा सुखको सट्टा दुःख...
प्रायः हामी कारणलाई प्राथमिकता दिन्छौँ र कारण पत्ता लागेपछि समस्या समाधान गर्न सजिलो हुन्छ भन्ने गर्छौँ । कारण पत्ता लाग्नासाथ समस्याको जड पनि पत्ता लाग्ने भएकाले त्यसैले समस्या समाधानमा सहयोग...
स्थान कुनै सामुदायिक विद्यालय समय– अपराह्न तीन बजे पात्रहरू– महादेव– कैलाशवासी भगवान् शिव पार्वती– महादेवकी अर्धाङ्गिनी कुवेर– अलकापुरी निवासी महादेवका भक्त रावण– महादेवका अर्का भक्त वृद्ध सन्यासी– भगवान् विष्णु ...
थकाइ सबैलाई लाग्छ । बालकलाई लाग्छ, बालिकालाई लाग्छ, युवकलाई लाग्छ, युवतीलाई लाग्छ । वृद्धवृद्धालाई झन् बढी लाग्छ । काम गरेपछि थकाइ लाग्नु स्वाभाविक हो तर थकाइ लागेपछि गर्ने काम भने...
स्थान:– कुनै सामुदायिक विद्यालय समय:– अपराह्न तीन बजे पात्रहरू:– सुशान्त (कक्षा पाँचका सामाजिक कक्षा शिक्षक) ४० वर्ष १, कमला:– वर्ष १० की छात्रा २, सुमन:– वर्ष १० को छात्र ३,...
हामीलाई समस्याबारे थाहा भए पनि समस्या कति किसिमका हुन्छन् र कसरी उत्पन्न हुन्छन् भन्नेबारे भने थाहा नहुन सक्छ । समस्या मूलतः दुई किसिमका हुन्छन्, जसमा आध्यात्मिक समस्या र भौतिक समस्या...
छान्दोग्योपनिषद् (१।१०–११) मा आपत्कालीन धर्मसम्बन्धी एउटा प्रसङ्ग आएको छ । धेरै पहिले एकपटक कुरु प्रदेशमा सात दिनसम्म लगातार परेको असिनापानीले अन्नबाली तथा रुखबिरुवा लगायत सारा वनस्पति सखाप पार्यो । लगाएको...
स्थान:– कुनै सामुदायिक विद्यालय समय:– अपराह्न तीन बजे पात्रहरू:– १, गुरुआमा (नैतिक शिक्षा शिक्षिका वर्ष ३० २, प्रभात र सुभाष १० वर्षीय छात्रहरू ३, निहारिका...
‘सर ! धार्मिक स्थलमा शङ्ख र घण्ट किन बजाइन्छ ? के यसो गर्दा धर्म हुन्छ हो ?’ एक दिन कक्षा नौ का विद्यार्थी जिज्ञासुले विज्ञान शिक्षक सुभद्रसँग सोध्यो । ‘किन...
नेपालीमा एउटा उखान छ ‘लोभीको भाँडो उभिन्डो’ । यसको आशय हो लोभ नगर्नु । यद्यपि लोभ मानिसको जन्मजात गुण हो, जुन नगरी बस्नै सकिन्न । जोजसले गर्नु हुँदैन भन्ने गरेका...
भागवतमा एउटा प्रसङ्ग आएको छ । पाण्डवहरूको स्वर्गारोहणपछि जब उनीहरूका नाति परीक्षित जनताको सुखदुःख बुझ्न निस्केका थिए एउटा खुट्टाले खुच्याउँदै हिँडिरहेको बूढो गोरुलाई देखे, जसको अन्य तीनवटा खुट्टा भाँचिएका थिए...
स्थान – गणेश हिमालको आसपास (गोसाईँकुण्ड नजिक) पात्रहरू – (क) नारद (लोकहितका लागि संसार घुम्दै हिँड्ने सिद्ध पुरुष) (ख) भस्मासुर (शक्ति आर्जन गर्न चाहने दानव सम्राट्) (ग) महादेव (पार्वतीपति कैलाशवासी...
अघि कुनै समयमा हाल पाकिस्तानको बलुचिस्तान प्रान्तमा पर्ने खनाबदोस नामक गाउँमा एकजना शेख चिल्ली नामका मानिस बस्थे । बाल्यकालमा उनी साह्रै मूर्ख स्वभावका थिए । नाम चिल्ली थियो व्यवहार सिल्ली...
रातोपाटी संवाददाता हरेक काम भनेकै बेलामा सम्पन्न होस्, आफूले गरेको कामको सबैले मन पराऊन्, प्रशंसा गरून्, जस दिऊन् भन्ने चाहना सबैमा हुन्छ तर व्यवहार त्यस्तो हुँदैन । कतिपय...
रिस जन्मजात गुण हो, जो सँग पनि हुन्छ, जहिले पनि हुन्छ । बालकमा हुन्छ, वृद्धमा हुन्छ, युवामा हुन्छ । यहाँसम्म कि यसले पशु, पक्षीलाई समेत छाडेको हुँदैन । कारण हो...
‘बाबा ! विषादी भनेको के हो ? जताततै यसकै कुरा सुन्छु । कतै विषादीले मा¥यो भनेको सुनिन्छ । कतै तरकारी हे¥यो त्यस्तै, फलफूल हे¥यो त्यस्तै, खाद्यान्न हे¥यो त्यस्तै भनेको सुनिन्छ...
जीवनमा समस्या अनेक हुन्छन् । आइरहन्छन्, गइरहन्छन् । एउटा जान भ्याएको हुन्न अर्को खडा भइसकेका हुन्छ । केमा छैन समस्या ? कहाँ छैन समस्या ? जहाँ पनि छ, जहिले पनि...
स्थान:– कुनै सामुदायिक विद्यालय समय:– दिउसोको करीव दुई बजे । पात्रहरू:– नन्दबाबा: ५० वर्ष उपनन्द: ४० वर्ष मधुमङ्गल: ४० वर्ष कृष्ण: ७ वर्ष । विद्यालयको सभाकक्षमा...
योजना बनाउन ठूलो कुरा होइन, सजिलै बनाउन सकिन्छ । यसो गर्ने, त्यसो गर्ने, यसो गर्छौँ त्यसो गर्छौँ, यसरी गर्ने त्यसरी गर्ने भने भइहाल्यो तर कार्यान्वयन भने ठूलो कुरा हो ।...
नेपालीमा एउटा उखान छ– ‘जसले अङ्गार खान्छ उसैले कालो दिसा गर्छ ।’ यसलाई भाइ, बहिनीहरूले पनि सुनेको हुनुपर्छ । नसुनेका भए पनि मम्मी, बाबा, दाजु, दिदी तथा काका, काकीलाई...
गैह्रा घरे काकाको टाउको दुख्न थालेको धेरै भो । ऐय्या ऐय्या गर्थे, टाउको बाँधेर काममा जान्थे । यदाकदा हनहनी ज्वरो आएर केही दिन सुताउँथ्यो पनि । बिस्तारै पेट दुख्न थाल्यो,...
‘बाबा ! यो खोलाको पानी कहाँ जान्छ ? मरेका मानिस जस्तै गएपछि फर्कदैन हो ? सँधै तलतिर गएको मात्र देख्छु, फर्केको कहिल्यै देख्या छैन ?’ आँगनमा खेलिरहेको छोरा विपीनले नजिकैको...
‘काग दाइ ! आज तपाईँको तिहार रहेछ होइन ? मानिसहरू काग तिहार भन्दै दुना टपरीमा खाने कुरा दिरहेका छन् । साथमा एकाध फूलको थुँगा पनि राखिएको देखेको छु । कतैकतै...
कतिपय मानिसको बानी तत्काललाई मात्र हेर्ने वा सोच्ने हुन्छ । उनीहरूलाई तत्काल काम चले पुग्छ, पछि के हुन्छ वा हुन सक्छ भन्नेतर्फ सोच्दैनन्, सोच्न भ्याउन्नन् वा चाँहदैनन् । यदि भाइबहिनीहरूमा...
नेपालीमा एउटा भनाइ छ हतपतको काम लतपत । यस्तो भनाइ त्यत्तिकै प्रचलनमा आएको पक्कै होइन । निकै सुझबुझ गरी व्यवहारमा प्रयोग गरेर मात्र प्रयोगमा ल्याएका हुन् पूर्वजहरूले । उनीहरू भन्ने...
कथा निकै पुरानो हो । समुद्र किनारमा माझीहरूको सुन्दर बस्ती थियो । उनीहरू समुद्रीमार्गबाट मालसमान ओसार पसार गरी जिविका चलाउँथे । यताका माला उता लान्थे उताका माल यता ल्याउँथे ।...
एकपटक बाघ र बाँदरबीच विवाद भयो । विवादको विषय थियो शारीरिकबल बुद्धिबल कुन ठूलो भन्ने । बाघ शारीरिक बललाई ठूलो भन्थ्यो बाँदर बुद्धिबललाई । उनीहरू दुवै आ–आफ्ना तर्कमा दृढ थिए...
परापूर्व कालमा एउटा गाउँमा निकै चकचके बालक थियो । ऊ न चकचक नगरी बस्न सक्थ्यो न कुनै उट्पट्याङ् काम नगरी चैन मिल्थ्यो । उसको व्यवहारले घरपरिवार दिक्कथे, गाउँलेहरू हैरान ।...
प्राचीन कालमा ययाति नामका सम्राट् थिए । चन्द्रमाको वंशमा जन्मेका यी सम्राट्को राजधानी हाल भारतीय भूभागमा पर्ने लखनउ आसपास थियो । एकपटक उनी दिग्विजय गर्दै हिँडेका थिए । बाटामा शुक्राचार्यकी...
धेरै पहिलेको कुरा हो । एक जना किसानको तीन भाइ छोरा थिए । किसान मिहिनेती थिए कडा श्रम गर्थे, फसल उमार्थे तर छोराहरू भने साह्रै अल्छी स्वभावकाथे । कहिले लठैतहरू...
धेरै पहिलेको कुरा हो । एकादेशमा एक मुडी सामन्त थिए । शासकहरु प्रायः मुडी नै हुन्छन् । हमेशा जनताको नाम दिएर आफ्नै विचार र सिद्धान्त लाद्ने प्रयास गर्छन् । त्यसमा...
धेरै पहिलेको कुरा हो । एउटा गाउँमा सुन्दर हाँसका जोडी बस्थे । उनीहरूका बीचमा गहिरो प्रेम थियो । दुवै मिलेर बस्थे, दिनभर पोखरीहरूमा घुम्न जान्थे, मीठामीठा कुरा गर्दै विभिन्न दृष्यहरू...
धेरै पहिलेको कुरा हो । एकपटक पशु र पक्षीहरूबीच कुनै विषयलाई लिएर मनमुटाव भयो । भनिन्छ, बिउ र निहुँलाई धेरै चाहिन्न, उसलाई टुसाउन मात्र बेर हो, झाङ्गिन वा फैलिन बेर...
कुनै समयमा पुरञ्जनपुरमा असमञ्जस नामका राजा थिए । उनले एकदिन राति सपनामा आकाशका झुण्डिएको सुन्दर शहर देखे । शहर जति सुन्दर थियो घर तथा महलहरू त्यति नै कलात्मक थिए ।...
धेरै पहिलेको कुरा हो, एउटा वनमा धूर्त स्याल बस्थ्यो । धुत्याईँमा उसलाई कसैले जित्न सक्दैनथ्यो । अनेक बहाना पारी सिधासादा जनावरलाई जालमा फसाएर स्वार्थ पूरा गर्ने उसको बानी थियो ।...
कथा निकै पुरानो हो । एउटा कुनै देशमा हरिदास नामका एक धार्मिक स्वभावका राजा थिए । पूजापाठ तथा देवीदेवताको आराधना बढी रुचाउँथे । दरवार परिसरमा भगवान् विष्णुको मन्दिर बनाउन लगाएका...