केन्द्रीय संस्करण

बागमती प्रदेश

सांसद बस्नेतका परिवारका सदस्य कोरोनामुक्त access_timeकात्तिक १३, २०७७

आमासहित परिवारका आठ जना कोरोनामुक्त भएपछि पूर्वमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य महेश बस्नेतको घरमा बल्ल आज दसैँको टीकाको चहलपहल देखिएको छ । छ महिना अगाडि मुटुको ‘ओपन हार्ट सर्जरी’पछि घरमा आराम गरेकी सङ्घीय सांसद बस्नेतकी ६६...

कोरोना सुरक्षाका मापदण्ड पालना गर्न मुख्यमन्त्री पौडेलको आग्रह access_timeकात्तिक १३, २०७७

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना महामारीको संवेदनशीलतालाई गम्भीरताका साथ लिन अनुरोध गरेका छन् । कोरोना सङ्क्रमित भएर उपचाररत मुख्यमन्त्री पौडेलले आज एक सन्देश जारी गर्दै सामाजिक दूरीसहित अन्य स्वास्थ्य सुरक्षाका मापदण्ड कडाइका साथ पालना गर्न आग्रह गरेका ह...

काभ्रेमा कोरोना भाइरसको सङ्क्रमण दर घट्दै access_timeकात्तिक १३, २०७७

पछिल्लो समय काभ्रेपलाञ्चोकमा कोरोना भाइरसको सङ्क्रमण दर घट्दै गएको छ भने कोरोनामुक्त हुनेको सङ्ख्या बढ्दै गएको छ ।  जिल्लास्थित कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमाण्ड पोष्टका अनुसार जिल्लामा बुधबार एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो भने उपचारपछि निको भ...

तास र कौडा खेल्ने २० जना पक्राउ access_timeकात्तिक १३, २०७७

जिल्ला प्रहरी कार्यालय चितवनले दशैंको समयमा तास र कौडा खेलिरहेका २० जनालाई पक्राउ गरेको छ ।       चाडपर्व लक्षित विशेष सुरक्षा अभियानअन्तर्गत जिल्लाका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको हो ।  इलाका प्रहरी कार्यालय माडीबाट खटिएको टो...

प्रभावकारी बन्दै ट्राफिक अनलाइन सेवा access_timeकात्तिक १२, २०७७

महानगरीय ट्राफिक प्रहरी महाशाखाले अघिल्लो महिनाबाट सञ्चालनमा ल्याएको अनलाइन सेवा प्रभावकारी देखिएको छ । घरबाटै सेवा लिन सेवाग्राहीहरु अभ्यस्त हुन थालेका छन् । एक महिनामा दुई हजार ५०० बढीले अनलाइनबाटै सेवा प्राप्त गरिसकेको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद...

अयोध्यापुरीमा ‘रामचरित मानस’को पाठपारायण हुने access_timeकात्तिक १२, २०७७

भगवान् रामको जन्मभूमिबारे अनुसन्धान भइरहेको माडी नगरपालिकाको अयोध्यापुरीमा ‘रामचरित मानस’को सामूहिक पाठपारायण हुने भएको छ । नेपालीमा अनूदित सो पुस्तकको सुन्दर काण्डको पारायण यही कात्तिक १८ गते गर्न लागिएको हो । सोह्रौँ शताब्दीमा गोस्वामी तुल्सीदासद्वा...

सवारी चाप घटाउन पुण्यमाता खोलाको दायाँबायाँ  करिडोर access_timeकात्तिक १२, २०७७

सवारी चाप कम गर्न काभ्रेपलाञ्चोकका बनेपा, धुलिखेल र पनौती नगरमा पुण्यमाता करिडोर निर्माण प्रक्रिया थालिएको छ । ठूला तथा मालबाहक सवारीलाई वैकल्पिक मार्ग (करिडोर)बाट आवतजावत गराई सवारी चाप तथा शहरको प्रदूषण न्यूनीकरण गर्दै जाने उद्देश्य लिइएको छ । ती तीन नगर भएर बग्...

चितवनमा सङ्कलित प्लाज्मा अन्य जिल्लामा access_timeकात्तिक १२, २०७७

क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले सङ्कलित कोभिड–१९ सङ्क्रमण भई निको भएकाका प्लाज्मा अन्य जिल्लामा पठाउन थालिएको छ । अन्यत्र आवश्यक भएपछि यहाँबाट पठाउन थालिएको हो ।   केन्द्रका प्रमुख रमेशकान्त पौडेलका अनुसार कोभिड– १९ सङ्क्रमण भई निको भएकाबाट यहाँ सङ्क...

उत्तरगया धामको संरक्षणका लागि नदी नियन्त्रण access_timeकात्तिक १२, २०७७

उत्तरगया धामको संरक्षणका लागि नदी नियन्त्रण गरिएको छ ।  त्रिशूली र  फलाखु खोलाको संगमस्थल बेत्रवाती संरक्षण गरी  दिवंगतको दाहसंस्कार एवं  प्रत्येक वर्ष पितृका सम्झनामा गरिने पिण्डतर्पणका कार्य सहज पार्ने उद्देश्यले प्रदेश सरकारको सहयोगमा नदी किनारमा तट...

भक्तपुरमा कोरोना संक्रमण : ६४ जनाको मृत्यु, संक्रमितको संख्या ५५ सय नजिक access_timeकात्तिक १२, २०७७

भक्तपुर । कोरोना भाइरसको संक्रमणबाट भक्तपुर जिल्लामा हालसम्म ६४ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय भक्तपुरले दिएको पछिल्लो जानकारी अनुसार मृत्यु हुनेमा ४५ जना पुरुष र १९ जना महिला रहेका छन् । हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५ हजार ४ सय ७४ जना रहेक...

बागमती प्रदेश प्रमुखलाई कोरोना सङ्क्रमण access_timeकात्तिक १२, २०७७

बागमती प्रदेश प्रमुख विष्णु प्रसाईलाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । उनले मङ्गलवार पिसिआर रिपोर्ट पोजेटिभ आएको बताए । उनी प्रदेश प्रमुखको कार्यालय हेटौडाबाट दशैंमा झापाको मेचीनगरस्थित घर गएका थिए ।  विगत पाँच दिनदेखि शरीर दुख्ने, पसिना आउने जस्ता सा...

भक्तपुरको खःमेय् जात्रा सम्पन्न access_timeकात्तिक ९, २०७७

बडादशैँको नवौँ दिन महानवमी पर्वका अवसरमा मनाइने भक्तपुरको परम्परागत ऐतिहासिक तथा साँस्कृतिक खःमेय् (रा“गो) जात्रा आज  बिहानै सम्पन्न गरेको छ । कोरोना भाइरसको महामारीले स्थानीयवासीको भीडभाड कम गर्ने उद्देश्यले आज बिहानै जात्रा सम्पन्न गरिएको हो । धार्मिक,...

काभ्रेमा थप एक संक्रमितको मृत्यु access_timeकात्तिक ७, २०७७

कोरोना भाइरस सङ्क्रमणका कारण आज बनेपा नगरपालिकाका एक ५६ वर्षीय पुरुषको मृत्यु भएको छ । बनेपास्थित शीर मेमोरियल अस्पतालमा उपचारका क्रममा उती पुरुषको मृत्यु भएको जिल्लास्थित कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्ट जनाएको छ । यो सहित काभ्रेपलाञ्चोकमा नौ पुरुष र ...

कोरोना पुष्टि भएका मुख्यमन्त्री पौडेल थप उपचारका लागि  काठमाडौँमा access_timeकात्तिक ७, २०७७

कोरोना संक्रमण भएर होम आइसोलेशनमा रहेका वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललार्ई थप उपचारका लागि काठमाडौँ लगिएको छ ।  मुख्यमन्त्री  पौडेलसँगै उनकी धर्मपत्नी विजयालाई समेत उपचारका लागि राजधानी लगिएको छ ।  मधुमेहका बिरामी  मुख्यमन्त्री पौ...

त्रिभुवन राजपथको थानकोट–चित्लाङ गणेशमान मार्ग सडकको स्तरोन्नति शुरु access_timeकात्तिक ७, २०७७

वाग्मती प्रदेशअन्तर्गत पर्ने मकवानपुरको थाहानगरपालिका–९ र काठमाडौँको चन्द्रागिरि नगरपालिका–७ को थानकोट–चित्लाङ गणेशमान मार्ग सडकखण्डको साढे २२ किलोमिटर सडकलाई अहिले स्तरोन्नति गर्ने कामलाई तीव्रता दिइएको छ । अहिले त्रिभुवन राजपथअन्तर्गत पर्ने काठमाडौँत...

ललितपुर महानगरपालिकाको सडकमा हरियो रङपछि अब रातो पोतिने access_timeकात्तिक ७, २०७७

ललितपुर महानगरपालिकाको सडकमा रातो रङ पोतिने भएको छ । महानगरपालिकाले केवल साइकल मैत्री शहर बनाउन हरियो रङ पछि रातो रङ लगाउने भएको हो ।  हिमालय होटल आसपास क्षेत्रमा रातो रङ पोतेर साइकल लेनको चिह्न राखिने भएको प्रमुख चिरीबाबु महर्जनले बताए । उनले भने,...

चितवनमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु access_timeकात्तिक ७, २०७७

जिल्लाका दुई अस्पतालमा उपचारका क्रममा रहेका तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा दुई र भरतपुर अस्पतालमा एक सङ्क्रमितको मृत्यु भएको हो । चितवन मेडिकल कलेजमा मृत्यु हुनेमा ८४ वर्षीया महिला र ७० वर्षीय पुरुष रहेको कलेजले जनाएको छ । राप्ती नगरपा...

बागमती प्रदेशका मुख्यमन्त्री पौडेललाई कोरोना संक्रमण पुष्टि access_timeकात्तिक ६, २०७७

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । केही समय अगाडिबाट सामान्य रुघाखोकी देखिएपछि होम आइसोलेसनमा बस्दै आएका मुख्यमन्त्री पौडेललाई बिहीबार कोरोना पुष्टि भएको हो ।  मुख्यमन्त्री पौडेललाई कोरोना संक्रमण पुष्टि भएको उनक...

टोलटोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण access_timeकात्तिक ६, २०७७

सिन्धुलीको फिक्कल गाउँपालिकाले घरदैलोमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ ।  भौगोलिक विकटताका कारण बैंकसम्म पुगेर भत्ता लिन असहज हुने भएपछि गाउँपालिकाले टोलटोलमै पुगेर भत्ता वितरण गर्न थालेको हो ।  टोलटोलमा गएर गाउँपालिकाका एक हजार २...

काभ्रेमा कोरोना संक्रमणमुक्त हुनेको सङ्ख्या बढ्यो access_timeकात्तिक ६, २०७७

काभ्रे जिल्लामा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमितको तुलनामा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दोब्बर भएका छन् । बुधबार ३१ सङ्क्रमित थपिए भने त्यसको दोब्बर अर्थात् ६२ जना सङ्क्रमणमुक्त भएका हुन् । तीमध्ये २६ महिला रहेको जिल्लास्थित कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्ट जनाएक...

चितवनमा कोरोना संक्रमित महिलाको मृत्यु access_timeकात्तिक ६, २०७७

चितवनमा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँ शुक्लगण्डकी नगरपालिका घर भई हाल मकवानपुर हेटौँडा–५ बस्ने ३३ वर्षीया महिला रहेको छ । भरतपुर अस्पतालमा उपचाररत उनको आज बिहान ६ः१५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।  अस्प...

कोरोनाका कारण प्रहरी हवल्दारको मृत्यु access_timeकात्तिक ५, २०७७

चितवन । कोरोना सङ्क्रमणका कारण एकजना प्रहरी हवल्दारको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर १२ का ४० वर्षीय पुरुष रहेका छन् । उनको  चितवन मेडिकल कलेजमा आज दिउँसो ४ः३० बजे मृत्यु भएको हो । अस्पतालका निर्देशक डा.दयाराम लम्सालकाअनुसार क्यान्सर...

कोरोना संक्रमणबाट धादिङमा ३ जनाको निधन access_timeकात्तिक ५, २०७७

धादिङ । कोभिड –१९ को संक्रमणका कारण दुई दिनका अवधिमा धादिङका तीन जनाले ज्यान गुमाएका छन् । नेपाल बार एशोसिएशन धादिङका संस्थापक अध्यक्ष अधिवक्ता गोबिन्दबहादुर श्रेष्ठको संक्रमणबाट मृत्यु भएको छ । त्रियासी वर्षीय श्रेष्ठको उपचारका लागि अल्का अस्पताल लगिएकामा मृत्यु भ...

दक्षिण ललितपुरका चार हजारले बुझे राहत access_timeकात्तिक ५, २०७७

ललितपुर । कोरोना महामारीले दिनानुदिन उत्पन्न गरेको भयाभह अवस्थामा दक्षिण ललितपुरका चार हजार बढीले राहत लिएका छन् । ताइवानका बौद्ध धर्मावलम्बीको संस्था चु ची फाउण्डेशनले भौगोलिक विकटताका साथै कोभिड महामारीले आर्थिक अवस्था सङ्कटमा परेर गरिबीका साथै भोकसँग सामना गर्न ब...

वाग्मती प्रदेशमा सङ्क्रमितको निः शुल्क उपचार access_timeकात्तिक ४, २०७७

वाग्मती प्रदेश सरकारले कोरोना सङ्क्रमितको उपचार निशुल्क गरिरहेको जनाएको छ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको सचिवालयले प्रदेश सरकार मातहतका सबै अस्पतालमा कोभिड १९ को निः शुल्क  उपचार भइरहेको जनाएको हो । प्रदेशका आठ वटा अस्पताल र त्यहाँबाट सञ्चालित आ...

Page 1 of 171