धर्म-संस्कृति/रितिथिति
क्याथोलिक प्रिस्ट यान भाग्नद्वारा लिखित ‘इन्डियन पोट्रेट्स’ (भारतीय शब्दचित्र) नामक कृति आज यहाँ विमोचन गरिएको छ । धर्मशास्त्रमा विद्यावारिधि भाग्नका सो कृतिमा तीन भारतीय र पाँच फ्रान्सेली इसाई धर्मावलम्बीले हिन्दूदर्शनमा आकर्षित भएर दुवै धर्म अँगाली धार्मिक समन्वय...
वैदिक सनातन धर्मावलम्बीले आ –आफ्नो घरको मठमा तुलसीको दल राख्दै छन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको दल राख्ने गरिन्छ । यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ । यस दिन रोपेको बीउ एक महिनापछि आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका द...
राजधानीलगायत सहरमा नेवार समुदायले कुवा, इनार, पोखरी, धारालगायत पानीका स्रोतको सफाइ गरी पूजा आराधना गरी सिठी नख पर्व मनाएका छन् । मार्कण्डेयलगायत पुराणमा सिठी देवताका रुपमा पानीका स्रोतमा प्रत्येक वर्ष ज्येष्ठ शुक्ल षष्ठीका दिन पूजा आराधना गर्नुपर्ने विषय उल्लेख गरिएको...
जेष्ठ शुक्ल पक्ष कुमार षष्ठी अर्थात् नेवार समुदायले वर्षभरि मनाउने मध्येको अन्तिम पर्वको रुपमा आज धुमधामका साथ सिथि नखः पर्व मनाउँदैछन् । यो पर्वको नेवार समुदायमा विशेष महत्व राख्ने गर्दछ । यो पर्वसँगै वर्षा सुरु हुने र ‘किसानको वर्ष’को महत्वपूर्ण कार्य सिन्या ज्य...
ललितपुरको जावलाखेलमा २१ जेठ शनिबार राताे मच्छिन्द्रनाथको भोटो देखाइने भएको छ । पाटनस्थित मंगलटोलको मणिमण्डप पाटीमा साइत हेरेपछि कीर्तिकिरण जोशीले २१ जेठमा राताे मत्छिन्द्रनाथको भोटो देखाउने जात्रा साइत निस्केको बताए । उनका अनुसार १८ जेठ बुधबारका दिन लगनखेलस्थित...
भगवान् विष्णुका २४ अवतारमध्येको एक लक्ष्मी ह्यग्रीवको नेपालमै पहिलो मन्दिर निर्माण सम्पन्न गरी आजदेखि पाँच दिने प्राण प्रतिष्ठा सुरु भएको छ । राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिका–४ कोलमतेश्वर क्षेत्रमा मन्दिरको निर्माण भएको हो । मन्दिरमा आज शुभ स...
संयुक्त राज्य अमेरिकाको कनेक्टिकट राज्यस्थित येल युनिभर्सिटी आर्ट ग्यालरीले आफ्नो स्थायी सङ्ग्रहमा रहेको नवौँ शताब्दीमा बनेको ढुङ्गाको पार्वतीको मूर्ति नेपाललाई फिर्ता गर्ने भएको छ । उक्त मूर्ति नेपाललाई फिर्ता गर्नेसम्बन्धी सहमतिपत्रमा न्यूयोर्कस्थित नेपाली महावाणिज्य दूतावास ...
वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथको जात्राअन्तर्गत आज अपराह्न पुल्चोकस्थित मछिन्द्रनाथको रथ तान्न थालिएको छ । चार दिन पहिले रथारोहण भएपछि आज रथलाई तानेर गाबहाल लैजान लागिएको हो । उपत्यकाको सबैभन्दा लामो जात्राका रुपमा रहेको रातो मछिन्द्रनाथको जात्रा ललितपुरम...
अरबी पात्रो हिजरी संवत्अनुसार दशौँ महिना (सौवाल) को पहिलो दिन आज देशभरका मुस्लिम समुदायले नमाज पाठ गर्नाका साथै ठूलाबडाबाट आशीर्वाद लिएर इदुल फित्र पर्व मनाएका छन् । दशौँ महिनाको पहिलो दिन नमाज पाठ सकेपछि तीन दिनसम्म आफ्ना मान्यजनबाट आशीर्वाद लिइन्छ । यसपर्व...
वैशाख शुक्ल तृतीयाका दिन आज दान, होम, जप, तप गरी अक्षय तृतीया पर्व मनाइएको छ । आजका दिन गरिएको दान, होम, जप, तपको फल अक्षय अर्थात् कहिल्यै नष्ट नहुने भएकाले वैशाख शुक्ल तृतीयाको दिनलाई अक्षय तृतीया भनिएको हो । जौको सातुमा गुड, चिनी, घीउ, दही र सक्खर मिसा...
वैशाख शुक्ल तृतीयाका दिन जन्मनुभएका परशुराम ऋषिको जन्मजयन्ती पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । अष्टचिरञ्जीवीमध्येका एक परशुराम तृतीयाका दिन बेलुकी जन्मिएको विभिन्न पौराणिक ग्रन्थमा उल्लेख गरिएको छ । परशुराम भगवान् विष्णुको छैटौँ अवतारका रूपमा जन्मिएका हुन् ...
मिथिलामा आज हिन्दू र इस्लाम धर्मावलम्बीले आ–आफ्ना परम्पराका पर्व मनाउँदैछन् ।आज इस्लाम धर्मावलम्बीले इद–उल–फित्र र हिन्दू धर्मावलम्बीले अक्षय त्रितीया पर्व मनाउँदैछन् । इस्लाम परम्परामा एकमहिने रमजान व्रत पूरा भएको भोलिपल्ट इद–उल–फित्र म...
वैशाख शुक्लपक्षमा गरिने बागमती तीर्थयात्रा यस वर्ष पनि स्थगित गरिएको छ । विसं २०७७/७८ मा भने कोरोना सङ्क्रमण तीव्र भएकाले यात्रा स्थगित गरिएको थियो । हाललाई तीर्थ यात्रा स्थागित गरिए पनि वैशाख शुक्लपक्षमै आगमघरका भट्टको स्वास्थ्य अवस्था सुध्रिएमा चलाउन सकिने झिनो आशा भने का...
इस्लाम धर्मावलम्बीले मनाउने महान् पर्व इदुलफित्र मङ्गलबार मनाइँदैछ । इदगाहमा गएर सामूहिक नमाज (प्रार्थना) गरी मनाउने यो पर्वमा मानिसले एकआपसमा अँगालो मारेर इदमुबारक (बधाई तथा शुभकामना) साटासाट गर्ने गर्दछन् । गएको चैत २० गतेदेखि सुरु भएको रमजान आज सम्पन्न हुँदैछ ।...
भगवान् विष्णुका २४ अवतारमध्येको एक ह्यग्रीवको नेपालमै पहिलो मन्दिर निर्माण कागेश्वरी मनोहरा नगरपालिका–४ स्थित कोलमतेश्वर क्षेत्रमा भएको छ । मन्दिर यही वैशाख २६ गतेको शुभ साइतमा प्राण प्रतिष्ठा गरिने भएको छ । वैशाख ३० गतेसम्म पाँच दिन विभिन्न अनुष्ठान आयोजना गरी भक्त...
राजा मानदेवले चलाई हालसम्म निरन्तर चलेको ऐतिहासिक, सांस्कृतिक र धार्मिक कान्तिभैरव जात्रा शुक्रबार मध्यरातदेखि गोकर्णेश्वर क्षेत्रमा सुरु भएको छ ।वैशाख कृष्ण चतुर्दशीका दिन स्थानीयवासीले आ–आफ्ना घर आँगनमा सरसफाइ गरेपछि मध्यरातमा कान्तिभैरवको जात्रा सुरु हुने परम्परा...
साँझ ढल्किँदै गयो । मानिसहरूको चहलपहल बढ्दै गयो । आँगनमा बाजा बज्दै थियो । बाजाको आवाज सुनेर रातको पर्वाह नगरी वारिदेखि पारि गाउँसम्मका महिला, पुरुष, बालबालिकाको भिड बढ्दै थियो । काखमा सन्तान च्यापेर आउने आमाहरूको उपस्थिति पनि बाक्लै थियो । चाँगुनारायण नगरपाल...
भक्तपुरको प्रसिद्ध बिस्का जात्राको अन्तिम दिन आज सोमबार तालाक्वस्थित कुम्हाले टोलमा ‘ल्हा मरुम्ह यसीँ’ (हात नभएको लिङ्गो) ढाल्ने जात्रा सम्पन्न भएको छ । पुरानो वर्षको बिदाइ र नयाँ वर्षको आगमनको अघिल्लो दिन बिहान उठाइएको लिङ्गो आज विधिपूर्वक पूजा गरी ढालिएको हो ...
काठमाडौँ महानगरपालिका वडा नं ५ स्थित गहना पोखरीमा टुँडालदेवीको हराएको गहना खोजिएको छ । टुँडालदेवीको हराएको गहना खोज्न प्रत्येक वर्ष चैत्र शुक्ल चतुर्दशीदेखि सुरु हुन्छ । जात्राको विभिन्न प्रक्रिया पूरा गरी वैशाख कृष्ण प्रतिपदाका दिन गहना पोखरीमा टुँडालदेवीको हराएको ग...
नुवाकोटको ऐतिहासिक वैशाख पूर्णिमा जात्रा ‘भैरवी वर्ष बन्धन २०७८’ को विशेष दिन आज सिन्दूरे जात्रा मनाउन लागिएको छ । जात्राको मुख्य एवं विशेष दिन अपराह्न ३ बजेपछि नुवाकोटमा सबैभन्दा ठूलो तथा ऐतिहासिक सो जात्रा मनाउन लागिएको हो । गत शनिबारमध्य रातमा...
दिवङ्गत पितृको मुक्तिको कामना गर्दै बौद्ध चैत्य (स्तूप) परिसरमा शुक्रबार रातभर बत्ती बालेका बौद्ध धर्मावलम्बी तामाङ समुदाय आज बिहानैदेखि बालाजु २२ धारा लागेका छन् । चैत्र शुक्ल चतुर्दशीका दिन बौद्धमा आई पूजा गरेर दिवङ्गत पितृका नाममा बत्ती बाल्ने, पूर्णिमाका दिन बिहा...
नेपाल प्रज्ञा–प्रतिष्ठान, संस्कृति विभाग र नेपाल संस्कृति संरक्षण समाजको सहकार्यमा नयाँ वर्ष वैशाख १ का दिन ‘समपरिधानको महत्त्व र नेपाली पोसाक गुन्युचोली प्रयोगको अवस्था’ विषयक विचार–गोष्ठी आयोजना गरिएको छ । सो अवसरमा प्रतिष्ठानका कुलपति गङ्गाप्रस...
डडेल्धुराको प्रसिद्ध घटाल देवताको जात्रा (मेला) आज मनाइने भएको छ । अमरगढी नगरपालिका–३ मा पर्ने सुदूरपश्चिमकै प्रसिद्ध देवता घटालको जात्रा दुई वर्षपछि यस वर्ष मनाइँदै गरेको घटाल देवताका मुख्य धामी तिलकसिंह विष्टले बताए । कोराना महामारीका कारण दुई वर्षदेखि ला...
भक्तपुरको मध्यपुर थिमि नगरपालिका–२ बोडेमा शुक्रबार जिब्रो छेड्ने जात्रा हुँदैछ । विस्का जात्राको क्रममा हरेक वर्ष २ वैशाखमा जिब्रो छेड्ने जात्रा मनाइने परम्परा छ । बोडेका ४९ वर्षीय बुद्धकृष्ण वाग श्रेष्ठले यो वर्ष नवौं पटक जिब्रो छेडाउने भएका छन् । जिब्रो छेड्ने व्य...
नयाँ वर्षको पहिलो दिन पशुपतिनाथ मन्दिरलगायत देशभरका मठ मन्दिरमा पूजा आराधना एवं दर्शनका लागि भक्तजनको भीड लागेको छ । पशुपतिनाथ मन्दिरमा बिहान ४ बजेदेखि नै भक्तजनको भीड लागेको थियो । पशुपतिनाथमा तीजको जत्तिकै दर्शनार्थी आएकाले तीन लाखभन्दा बढीले मूल मन्दिर प्र...