शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

डेंगुको संक्रमणबाट बच्नको लागि सावधानी अप्नाउन रौतहट प्रहरीको अनुरोध

बुधबार, २५ भदौ २०७६, १९ : ४६
बुधबार, २५ भदौ २०७६

रौतहट– जिल्ला प्रहरी कार्यालय रौतहटले डेंगु रोगको संक्रमणबाट बच्नको लागि सावधानी अपनाउन सम्पूर्ण जिल्लाबासीलाई अनुरोध गरेको छ ।  डेंगु रोगको संक्रमण रौतहट जिल्लामा समेत देखिन थालेको हुँदा सम्पूर्ण नागरिकहरुलाई सचेत रहन रौतहट प्रहरीले अनुरोध गरेको हो । 

जिल्लाको चन्द्रपुर र मौलापुर नगरपालिकाका केही व्यक्तिहरु डेंगुबाट संक्रमित भई विभिन्न अस्पतालहरुमा उपचार गराइरहेको समेत जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  १८ वटा स्थानीय तह रहेको यस जिल्लामा अहिलेसम्म दुईवटा स्थानीय तहमा डेंगुको संक्रमण फैलिसकेको र अरु स्थानीयतहमा पनि विस्तारै संक्रमण फैलिन सक्ने भएको हुनाले समयमै सचेत भई संक्रमणबाट जोगिन प्रहरीले आग्रह गरेको हो । 

लामखुट्टेको टोकाईबाट डेंगु रोग सर्ने भएकोले संक्रमणबाट बच्ने उत्तम उपाय भनेको लामखुट्टेको टोकाईबाट बच्नु नै हो । यदि संक्रमण नै भई सकेको भए जतिसक्दो छिटो राम्रो अस्पतालमा उपचार गराउन समेत प्रहरीले सुझाव दिएको छ ।

त्यस्तै डेंगु संक्रमणको शंका लागेमा तुरुन्त नजिकको अस्पताल गएर जचाउन पनि प्रहरीले बिभिन्न माध्यमबाट सुझाव दिरहेको जिल्ला प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले बताएका छन्  ।  विगत केहि दिनदेखि देशका ५६ जिल्लामा डेंगु रोगको संक्रमण फैलिसकेको छ र हालसम्म डेंगुबाट ६ जनाको मृत्यु समेत भइसकेको छ भने चार हजार भन्दा बढी बिरामी परेका छन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप