बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल बङ्गलादेश बैंकको ९५ औं शाखा खोकनामा

बिहीबार, २६ भदौ २०७६, १७ : ५३
बिहीबार, २६ भदौ २०७६

काठमाडौं– नेपाल बङ्गलादेश बैंक लिमिटेडले आफ्नो शाखा बिस्तारको क्रममा ९५ औं शाखा ललितपूर जिल्लाको खोकनामा सञ्चालनमा ल्याएको छ । भाद्र २६ गते ललितपूरको खोकनामा शाखा उद्घाटन गरी बैंकले औपचारिक कारोबार शुभारम्भ गरेको छ ।  उक्त शाखाको औपचारिक समुद्घाटन पम्फा भुसालले गरेकी हुन् । सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री ज्ञानेन्द्र प्रसाद ढुंगानाले बैंकका सेवाहरुको बारेमा जानकारी दिएका थिए । 

बैँकले यस आसपासका सर्वसाधारणलाई सहज बैँकिङ्ग सेवा सुविधा प्रदान गर्ने उद्देश्यले आफ्नो शाखा सञ्जालमा नयाँ शाखा विस्तार गरेको हो । साथै यस शाखाबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानी लगायत सम्पूर्ण बैँकिङ्ग सेवा प्राप्त गर्न सक्ने जनाएको छ ।

खोकना शाखा बिस्तारसँगै बैंकले ९५ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ७९ वटा (ATM) बाट बैंकिङ्ग सेवा दिने बताइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप