
इन्द्रजात्रा व्यवस्थापनका लागि ५ करोडको कोष

काठमाडौं– काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो सांस्कृतिक पर्व इन्द्रजात्राको व्यवस्थापन तथा सञ्चालनका लागि पाँच करोडको कोष स्थापना गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले बिहीबार काठमाडौंमा एक कार्यक्रममा बीच इन्द्रजात्राको व्यवस्थापन तथा सञ्चालनका लागि सो कोषको स्थापना गरिएको घोषणा गरेका हुन् ।
कोषमा संघीय सरकारले १ करोड ५० लाख, प्रदेश ३ को सरकारले १ करोड, काठमाडौं महानगरपालिकाले २ करोड र गुठी संस्थानले ५० लाख रकम योगदान गरेका हुन् । तीनवटै तहको साझेदारीमा सो पर्वको संरक्षण तथा सञ्चालनका लागि ‘इन्द्रजात्रा पर्व संरक्षण अक्षय कोष’ स्थापना गरिएको मन्त्री भट्टराईले जानकारी दिए । काठमाडौं उपत्यकाकै विशेष महत्व बोकेको यो पर्वलाई संरक्षण गर्न गत भाद्र २२ गते बसेको मन्त्रिपरिषद बैठकले सो कोष स्थापना गर्ने निर्णय गरेको थियो ।
कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंको सबै सांस्कृतिक पर्वहरुको संरक्षणका लागि आवश्यक सहयोग गर्न आफूहरु तयार रहेको बताए । सो कोष काठमाडौं महानगरपालिकाका प्रमुखको नेतृत्वमा सञ्चालन हुने कार्य योजना पनि तय गरिएको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ