बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नागरिकता विधेयकमाथि १३९ बैठक, अझै जुटेन सहमति (भिडियोसहित)

शुक्रबार, २७ भदौ २०७६, १२ : ०४
शुक्रबार, २७ भदौ २०७६

काठमाडौँ । नागरिकता विधेयकमा सहमति जुटाउन संसदको राज्य व्यवस्था समितिमा शुक्रबारसम्म १३९ वटा बैठक बसे तर विवाद ज्यूका त्यूँ रहेको छ ।

शुक्रबारको बैठकमा प्रतिपक्ष दल काँग्रेस र राजपाका सांसदहरुले यसअघि सहमति भएका विषयमा समेत छलफल गर्न समय माग गरेपछि नागरिकताको गाँठो फुक्न नसकेको हो ।


शुक्रबारको बैठकमा यसअघि सहमति भएका विषयलाई सभापति शशी श्रेष्ठले पढेर सुनाउने र बाँकी विषयलाई छलफल गर्न प्रस्ताव गरेकी थिइन् । तर काँग्रेस सांसद अमरेश कुमार सिंह, दिलेन्द्र बडु तथा राजपाका सांसद राजकिशोर यादवलगायतले छलफलका लागि समय चाहिने अडान राखेपछि अर्को बैठक शनिबार बस्ने गरी टुङ्गिएको छ । सहमति भएका विषयमा पुन छलफल गर्ने या नगर्ने भन्नेमा सत्ता र प्रतिपक्षका सांसदहरुबीच चर्काचर्की नै भएको थियो । 

समिति सभापति श्रेष्ठले आगामी असोज २ गतेभित्र यो विधेयक संसदमा पठाउनुपर्ने भएकाले सहमति भइसकेका विषयमा पुनः छलफलको जरुरी नहुने बताएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप