रोल्पामा पहिरो : आमाछोराको मृत्यु, पाहुना बस्न आएका ४ जना बेपत्ता भएको आशंका
बुटवल- रोल्पाको थवाङ गाउँपालिका –२ (साविक थवाङ गाविस ७) छेर्लोवाङमा पहिरोले पुरिएर २ जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएको आशंका गरिएको छ ।
बिहीबार र शुक्रबार बिहान परेको अविरल बर्षाका कारण छेर्लाेवाङ पहिरोले घर पुरिँदा २ जनाको मृत्यु जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक लिला आर्चायका अनुसार थवाङ गाउँपालिका २ छेर्लाेवाङका २८ वर्षीया थीरकुमारी बुढा र उनका ४ वर्षीय छोरा असल बुढामगरको मृत्यु भएको हो ।
त्यस्तै पाहुना बस्न आएका अन्य चारजना बेपत्ता भएको आशंका प्रहरीले गरेको छ । प्रहरी निरीक्षक आचार्यले रातोपाटीसगँको कुराकानीमा अहिलेसम्म आमा छोराको मात्र शव फेला परेको र अन्य बेपत्ताबारे केही पत्ता नलागेको जानकारी दिए । पुरिएर बेपत्ता हुनेमा ३६ वर्षीय जय बुढा, उनकी पत्नी ४० वर्षीय मुलज्योती बुढा, १० वर्षकी छोरी गृष्मा र डेढ वर्षीय छोरी रहेका छन् ।
पहिरोमा बेपत्ता भएकाहरुको खोजीकार्य जारी रहेको आचार्यले बताए । सदरमुकामबाट ७४ किलोमिटर उत्तरमा रहेको उक्त स्थानमा जिल्लाबाट उद्दारको लागि जान कठिन छ । बर्षातका कारण सडक अवरुद्ध भएकाले हिँडेर पुग्न एक दिन लाग्ने प्रहरीको भनाई छ ।
स्थानीयबासीले राती करिव २ बजेतिर ठूलो अवाज आएको सुनेपछि प्रहरीलाई खबर गरेका थिए । त्यतिबेला पहिरोले घर पुरिसकेको थियो । सो गाउँ एकान्त ठाउँमा रहेको प्रहरीको भनाई छ ।
रोल्पाका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जिल्ला प्रहरी कार्यालयको समन्वयमा इलाका प्रहरी कार्यालय थवाङ, प्रहरी चौकी खरिबोट रानागाउँ र स्थानीयवासीको सहयोगमा उद्दार कार्य जारी रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'मूल्य समायोजन नपाउँदा निर्माण उद्योग इतिहासकै धराशायी अवस्थामा'
-
हरिवंश र आना उत्कृष्ट कलाकार, फिल्ममा ‘ऊनको स्वीटर’
-
यस्तो बन्यो बालेन नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषद्
-
रवि लामिछानेविरुद्धको संगठित अपराधसम्बन्धी कसुर फिर्ता लिन पर्सा अदालतको अनुमति
-
वैशाखमा मूल्यवृद्धि ५.०४ प्रतिशत पुग्यो, खाद्यभन्दा गैर-खाद्य वस्तु तथा सेवामा महँगी बढी
-
महावीर पुनको नवप्रवर्तन यात्रा : नील आर्मस्ट्रङलाई चिठीदेखि कृषि कारखानासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण