बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

छोराले खेलाएको त्यो लाइटरले बेदप्रसादको बासनै उठायो

शुक्रबार, २७ भदौ २०७६, १६ : ४८
शुक्रबार, २७ भदौ २०७६

-रामहरि श्रेष्ठ 
ओखलढुंगा– ओखलढुंगामा छोराले खेलाएको लाइटरबाट घरमा आगलागी हुँदा साढे तीन लाख बराबरको क्षति भएको छ । जिल्लाको सिद्धिचरण नगरपालिका १० बेतिनीमा स्थानीय बेदप्रसाद धमलाको  घरमा आगलागी हुँदा करिव साढे तीन लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ ।

शुक्रबार बिहान श्रीमन बेदप्रसाद खेतमा निस्किएको र श्रीमती भान्छामा रहेका बेला ९ बर्षका छोराले खोलाइरहेको लाईटरबाट अचानक घरमा आगो सल्किएको प्रहरीको अनुमान छ । आगलागीबाट कुनै मानवीय क्षति नभएपनि नगद तथा जिन्सी समानहरु भने पूर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक राजिव श्रेष्ठले बताए ।

बिहान करिब ८ बजेतिर घरमा आगलागी हुदाँ घरभित्र रहेका अन्‍नपात तथा लत्ताकपडासहित नगद समेत जलेर नष्ट भएको पीडितको भनाई छ । आगलागी भएको एक घन्टापछि मात्र प्रहरीलाई खबर गरेकाले घटनास्थलमा प्रहरी पुग्दा घर पूर्णरुपमा जलेर नष्ट भैसकेको प्रहरी निरीक्षक श्रेष्ठले बताए । आगलागीपछि पीडित परिवार गोठमा बसिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप