शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपति भण्डारीद्वारा इन्द्रजात्रा अवलोकन, ५ देशका पाहुना सहभागी

शुक्रबार, २७ भदौ २०७६, १७ : ४४
शुक्रबार, २७ भदौ २०७६

काठमाडौं– काठमाडौंमा परम्परागत रुपमा मनाईने इन्द्रजात्रा मनाइएको छ । काठमाडौंको वसन्तपुरमा मनाइएको सो जात्राको  राष्ट्रपति विद्या भण्डारीले अवलोकन गरेकी छन् । राष्ट्रपति भण्डारी दिउँसो ४ बजेतिर बसन्तपुर पुगेर जात्राको अवलोकन गरेकी हुन् । राष्ट्रपति भण्डारीलाई काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलगायतले स्वागत गरेका थिए ।

जात्रामा पहिलोपटक विदेशी पाहुनाहरु समेत सहभागी भएका छन् । जात्राको अवलोकनका लागि चीन लगायतका ५ देशबाट आएका पाहुनाहरुको सहभागिता रहेको थियो ।  अवलोकन भ्रमणमा चीनको लान्जाउ सिटीका मेयर जियाङ सियावहोङ, भूटानको थिम्पू नगरका मेयर किन्ले दोर्जीलगायत चीन, भारत, अमेरिका, भूटान र जापानका दश शहरबाट नेपाल आएका पदाधिकारीहरू सहभागी थिए । भारतको नर्थ दिल्ली नगरपालिकाका मेयर सरदार अवतार सिंह भने शुक्रबारै नेपाल आएका कारण पछि मात्रै सहभागी थिए ।

काठमाडौंको हनुमानढोका दरवार क्षेत्रबाट शुरु भएको उक्त अवलोकन पदयात्रा काठमाडौंको पुरानो झोछेँ टोल हुँदै नःबही, मञ्जुश्रीनक महाविहार ९बिकमा बहाः०, थानबहाः, भिमसेनको मन्दिर, काष्ठमण्डप, सिँल्यं सतः, माजु देगः, मरु देगः, मरुहिटी, यट्खा बहाः, इतुम्बहाः, जनबहाः, आकाश भैरव, स्वेत भैरव हुँदै हनुमानढोका दरवार क्षेत्रमा टुंगिएको थियो । 

इन्द्रजात्रा पर्वमा राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा नजर गर्ने परम्परा छ ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप