सडक दुर्घटनामा तीनको मृत्यु
सप्तरी – सप्तरीको कञ्चनरुप नगरपालिकामा छुट्टाछुट्टै सडक दुर्घटनामा आज तीन जनाको मृत्यु भएको छ । सप्तरीको कञ्चनरुप नगरपालिका–८ नन्दलालचोकमा मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
फत्तेपुरबाट कञ्चनपुरतर्फ आउँदै गरेको बा ९१प १७३० नं को मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटसाइकलमा सवार कञ्चनरुप नगरपालिका–११ बस्ने त्रिभुवन चौधरी र सोही वडाका रुपेश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि गम्भीर घाइते भएका दुबैलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजवीराज ल्याइएकामा पनि उपचारकै क्रममा मृत्यु भएको दुबै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यस्तै कञ्चनरुप नगरपालिका–७ आदर्शटोलस्थित फत्तेपुर–कञ्चनपुर सडक खण्डमा फत्तेपुरबाट कञ्चनपुरतर्फ आउँदै गरेको टिपरको ठक्करबाट एक साइकल यात्रीको मृत्यु समेत भएको छ ।
ना१क ७९८३ नम्बरको टिपरले सोही दिशाबाट आउँदै गरेको साइकलयात्री राजविराज–१० दिघवा निवासी २० वर्षीय मनोज रामलाई ठक्कर दिँदा उनको मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते रामको दुबै खुट्टा भाच्चिएपछि उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पताल लगिएकामा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यता ठक्कर दिने टिपर र चालकलाई इलाका प्रहरी कार्यालय कञ्चनपुरले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहे घरमा आगलागी हुँदा छ लाखको क्षति
-
जीपको ठक्करबाट मोटरसाइकलमा सवार तीन जनाको मृत्यु
-
बारामा चर्को आवाजमा डीजे बजाएका २ जना पक्राउ
-
आखिर किन तोडिँदै छ जारी आईपीएलमा एकपछि अर्को सर्वाधिक रनको कीर्तिमान
-
बढ्दो सहरीकरणले भूकम्पीय जोखिम बढायो : राष्ट्रपति पौडेल
-
उपनिर्वाचनमा आज राति १२ बजेबाट प्रचारप्रसार गर्न नपाइने