बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

गरिबीले लिँदै ज्यान, जसले ५ लाख ऋण तिर्न नसकेर आत्महत्याको बाटो रोजे

शनिबार, २८ भदौ २०७६, ०६ : १६
शनिबार, २८ भदौ २०७६

वीरेन्द्रनगरको कालुञ्चोक क्षेत्रमा घरजग्गा । साथमा श्रीमती र दुई छोरी । सानो र सुखी परिवार तथा र डेढ वर्षअघि २५ वर्षीया घनबहादुर खासुमगरले आत्महत्याको बाटो रोजे । कारण थियो–गरिबी । 

छिमेकीका अनुसार घनबहादुरले घर निर्माण गर्दा सहकारी र विभिन्न व्यक्तिबाट ५ लाख रुपैयाँ ऋण लिएका थिए । ‘आम्दानीको अरु माध्यम थिएन, ऋणको ब्याज बढ्दै गयो,’ दिदी हरिमाया श्रीसले भनिन्,’ त्यही पीरले झुण्डिएर आत्महत्या गरेछ ।’

घरबहादुर जस्ता थुप्रै व्यक्तिले आत्महत्या गर्नुमा गरिबी प्रमुख कारण देखिएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयको त्रिवर्षीय तथ्यांक केलाउँदा पनि यस्तो तथ्य देखिन्छ । 

कार्यालयका अनुसार पछिल्ला तीन वर्षमा कर्णालीमा ७२८ जनाले आत्महत्या गरेका छन् । ती मध्ये गरिबीको कारण आत्महत्या गर्नेको संख्या २५५ जना छ । यो समाचार कान्तिपुर दैनिकमा ज्योति कटुवालले लेखेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप